
काठमाडौं ड्राइभिङ स्कुल संघको प्रथम अधिवेशनबाट रमेश खत्रीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन
३० चैत, काठमाडौं । काठमाडौं ड्राइभिङ स्कुल संघको प्रथम अधिवेशनले रमेश खत्रीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ। शनिबार धुम्बाराहीमा सम्पन्न अधिवेशनले आगामी दुई वर्षको कार्यकालका लागि संस्थापक अध्यक्ष रमेश खत्रीकै नेतृत्वमा कार्यसमितिको निर्वाचन सम्पन्न गरेको हो। नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजेश श्रेष्ठ , उपाध्यक्षमा सन्तोष गौतम , सचिवमा सरोज कुमार बोहरा सहसचिवमा चन्दन प्रसाद…