

डा भीष्म अधिकारीले विज्ञप्ति जारी गर्दै ओलीको स्वास्थ्य अबस्था बारे यसो भन्छन्
काठमाण्डौं ११ माघ । कोभिड १९ संक्रमित नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको केन्द्रीय कार्यालयले बताएको छ ।
मंगलबार केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले विज्ञप्ति जारी गर्दै अध्यक्ष ओली चार दिनदेखि बालकोट निवासमा आराम गरिरहेको जानकारी गराएका छन् । ओलीपत्नी राधिका शाक्यलाई भने कोरोना संक्रमण भएको छैन ।