प्रतिनिधिसभा विशेष अधिवेशन बोलाउन रास्वपाको अपिल

३० असोज ,काठमाडौं । प्रतिनिधिसभा विशेष अधिवेशन बोलाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अपिल गरेको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले राष्ट्रिय जीवनका समसामयिक समस्याहरू तत्काल छलफल गर्न आवश्यक देखिएको भन्दै प्रतिनिधिसभा विशेष अधिवेशनका लागि राजनीतिक दलहरूको ध्यानाकर्षण गराउनु भयो ।

नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दलको सहभागितामा बनेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले १०० दिन पूरा गर्नै लागेको भए पनि घोषित प्रतिबद्धता पूरा गर्नेतर्फ प्रारम्भिक संकेतसम्म देखाउन नसकेको विज्ञप्तिमा उल्लेख छ ।

विपद्को पूर्वतयारीमा चुकेको सरकार व्यवस्थापनमा पनि असफल भएको बताउँदै मुद्दा खेपिरहेका विवादित व्यापारीबाट करोडौं मूल्य पर्ने जग्गा दान लिएर सत्ताको नेतृत्व गर्ने दलले नै स्वार्थको द्वन्द्वको डरलाग्दो अभ्यास गरेको र सुशासनको अडान धरमराएको प्रवक्ता झाले बताउनु भयो ।

विज्ञप्तिमा भनिएको छ, ‘संविधान संशोधनको बहसमा औचित्य पुष्टि हुने गरी सरकारले श्वेतपत्र नै जारी गर्ने अपेक्षा थियो तर उक्त विषय अहिले ओझेलमा पारिएको छ ।’

आमनागरिकमा चरम असन्तुष्टि र उद्यमी व्यवसायीमा निराशा बढेको जनाउँदै विज्ञप्तिमा सरकारको अन्तर्राष्ट्रिय विश्वसनीयता समेत फितलो हुँदा द्विपक्षीय आर्थिक सम्बन्ध गत्यावरोध हुन थालेको उल्लेख छ ।

The post प्रतिनिधिसभा विशेष अधिवेशन बोलाउन रास्वपाको अपिल first appeared on Khabar Breaking.

  • Related Posts

    इन्धनको मुल्य बढ्यो

    ३० असोज ,काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ । मंगलबार बसेको निगमको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ बढाएको हो…

    Read more

    कामना सेवा विकास बैंकको १२% लाभांश वितरण गर्ने प्रस्ताव पारित

    ३० असोज , काठमाडौं । कामना सेवा विकास बैंकको १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव बुधबार (३० असोज ) सम्पन्न वार्षिक साधारणसभाबाट पारित भएको छ ।सभा, लिसारा रिसेप्सन भगवतीबहाल, नक्साल…

    Read more

    Leave a Reply

    You Missed

    इन्धनको मुल्य बढ्यो

    • By
    • October 16, 2024
    • 8 views

    प्रतिनिधिसभा विशेष अधिवेशन बोलाउन रास्वपाको अपिल

    • By
    • October 16, 2024
    • 10 views

    कामना सेवा विकास बैंकको १२% लाभांश वितरण गर्ने प्रस्ताव पारित

    • By
    • October 16, 2024
    • 11 views

    यस वर्षको बडादसैँ आजबाट समापन हुँदै

    • By
    • October 16, 2024
    • 12 views

    काठ​माडौंबाट​ ध​न​ग​ढी जाँदै गरेको बस दुर्घटना

    • By
    • October 16, 2024
    • 15 views

    ११ जुवाडे पक्राउ

    • By
    • October 13, 2024
    • 17 views