सरकारले बजारमा गहुँको माग बढेसँगै भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने

२ कार्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चाडपर्वका बेला अनावश्यक सञ्चय गरी कृत्रिम अभाव सिर्जना गर्ने, अनुचित नाफा लिए कारबाही गरिने बताउनु भएको छ ।

सर्वसाधारण उपभोक्तालाई मर्का पार्ने विषय स्वीकार नहुने भएकाले त्यस्ता क्रियाकलापलाई निरुत्साहन गर्न सरकारले अनुगमनलाई प्रभावकारी बनाउने र अनुगमनका क्रममा गलत क्रियाकलाप भएको पाइएमा कानुन बमोजिम कारबाही गरिने बताउनु भयो ।

त्यस्तै सरकारले बजारमा गहुँको माग बढेसँगै भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने भएको छ । अहिलेलाई भारत सरकारसँग गहुँको आयातका लागि आवश्यक समन्वय भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मैदा व्यवसायी, चाउचाउ तथा बिस्कुट उत्पादक लगायतका व्यवसायीहरूबाट गहुँको आपूर्ति गहुँ, पिठो र मैदा सहज आपूर्ति गरिदिन माग आएपछि गहुँ आयातको पहल थालेको मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले बताउनु भयो । गहुँ आयातका लागि गरिएको आग्रहमा भारत सरकार सकारात्मक रहेको उहाँको भनाई छ ।

मैदा व्यवसायीहरूले भने गहुँ आयातमा भन्सार शुल्क घटाउन र आपूर्ति सहज गर्न माग गरेका छन् । व्यवसायीहरूलाई चाडपर्वका बेला मूल्य नबढाउन मन्त्रालयको आग्रह छ । बजारमा कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गरेको पाइएमा अनुगमन गरी कारबाही गरिने मन्त्रालयले जनाएको छ । बजारमा गहुँको अभाव हुन थालेको र गहुँको मूल्यवृद्धि भएकाले मैदाको मूल्य बढाउनुपर्ने अवस्था भए पनि चाडपर्वका बेला मूल्य स्थिर गरिएको मैदा उत्पादक संघका उपाध्यक्ष दिनेश अग्रवालले बताउनु भयो ।

The post सरकारले बजारमा गहुँको माग बढेसँगै भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने first appeared on Khabar Breaking.

  • Related Posts

    मन्त्रिपरिषद्को बैठक बस्दै

    २ कार्तिक, काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज साँझ ५ बजे बस्दै छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने बैठक साँझ ५ बजेका लागि बोलाइएको छ। बैठकमा टीआरसी गठनका…

    Read more

    सरकारले जनताको राहत र पुनःस्थापनाका लागि पहिलो पहल गर्नुपर्छः रामहरी खतिवडा

    १ कात्तिक, काठमाडौं । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले गत असोज दोस्रो साताको बाढीपहिरोबाट भएको क्षतिको विवरण १५ दिनभित्र सङ्कलन गरी तत्काल पुनःनिर्माण र पुनःस्थापनामा केन्द्रित…

    Read more

    Leave a Reply

    You Missed

    सरकारले बजारमा गहुँको माग बढेसँगै भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने

    • By
    • October 18, 2024
    • 10 views

    मन्त्रिपरिषद्को बैठक बस्दै

    • By
    • October 18, 2024
    • 10 views

    सरकारले जनताको राहत र पुनःस्थापनाका लागि पहिलो पहल गर्नुपर्छः रामहरी खतिवडा

    • By
    • October 17, 2024
    • 12 views

    एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

    • By
    • October 17, 2024
    • 11 views

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोष्टिक नेपालमा १५ प्रतिशत छुट

    • By
    • October 17, 2024
    • 9 views

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड भन्दा बढी जम्मा

    • By
    • October 17, 2024
    • 8 views