लाभांश प्रस्तावसहित माण्डु हाइड्रोपावरको साधारणसभा आज बस्दै

१४ असोज, काठमाडौं । ​माण्डु हाइड्रोपावरको वार्षिक साधारणसभा लाभांश वितरणको प्रस्तावसहित आज (असोज १४ गते) बस्दैछ ।नेपा ब्यांकेट, नयाँ बजार, काठमाडौंमा बिहान १० बजेदेखि सभा सुरु हुनेछ ।

सभाले गत वर्षको नाफाबाट शेयरधनीलाई करसहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ भने आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भदौ ३१ गते सोमबार बुक क्लोज गरिसकेको छ । भदौ ३० गतेसम्म कायम रहेका शेयरधनीले लाभांश पाउन र सभामा सहभागिता जनाउन सक्नेछन् ।

The post लाभांश प्रस्तावसहित माण्डु हाइड्रोपावरको साधारणसभा आज बस्दै first appeared on Khabar Breaking.

  • Related Posts

    ११ जुवाडे पक्राउ

    २७असोज, दाङ । दाङमा ११ जुवाडे पक्राउ परेका छन्। दंगीशरण गाँउपालिका वडा नम्बर ३ रावत गाँउबाट शनिबार राति साढे दश बजेतिर एक लाख बढी रकमसहित ११ जुवाडे पक्राउ परेका हुन्।…

    Read more

    आज पनि दसैँको टीका लगाईँदै

    २७ असोज, काठमाडौं । विजया दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज पनि दसैँको टीका लगाउँदैछन्। बडादसैँको टीका दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक…

    Read more

    Leave a Reply

    You Missed

    ११ जुवाडे पक्राउ

    • By
    • October 13, 2024
    • 15 views

    आज पनि दसैँको टीका लगाईँदै

    • By
    • October 13, 2024
    • 13 views

    Profile and Interviews: LIVE🔴 सुबह शाम 5 मिनट ये सुनें..मन शांत रहेगा../ Meditation Bk Yog / Guided meditation

    Profile and Interviews: गोरखनाथ,गोर्खा र पृथ्वीनारायण #podcast with Binu pokhrel, ft. Balabhadranath #motivation #culture

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    • By
    • October 11, 2024
    • 17 views

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    • By
    • October 11, 2024
    • 19 views