यस वर्षको बडादसैँ आजबाट समापन हुँदै

३० असोज ,काठमाडौं । यस वर्षको  बडादसैँ आजबाट सकिँदैछ।  आश्विन शुक्लपक्षको चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रमको आज अन्तिम दिन हो ।

आज सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक १ गते बिहीबार परेको छ।

वर्षभरी मान्यजन टाढा रहनुपर्ने  आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् । आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो ।

बडादसैँको सार्वजनिक बिदा सोमबार सकिएर मङ्गलबारदेखि सरकारी कार्यालय खुलेका छन् । टीका र आशीर्वाद थाप्ने क्रम भने कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म निरन्तर चलिरहने शास्त्रीय व्यवस्था रहेको छ ।

यस वर्ष आज अखिल बलिपूर्ति र कोजाग्रत पूर्णिमा तथा कात्तिक १ गते बिहीबार पूर्णिमा व्रत परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिन्छ ।

The post यस वर्षको बडादसैँ आजबाट समापन हुँदै first appeared on Khabar Breaking.

  • Related Posts

    काठ​माडौंबाट​ ध​न​ग​ढी जाँदै गरेको बस दुर्घटना

    ३० असोज, काठमाडौं । काठ​माडौँबाट​ ध​न​ग​ढी जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ । बाँके प्रहरी कार्यलयका अनुसार मंगलबार काठमाडौंदेखि धनगढीका लागि छुटेको बस आज​ बिहान​ बाँकेको अगैया न​जिक दुर्घ​ट​ना…

    Read more

    ११ जुवाडे पक्राउ

    २७असोज, दाङ । दाङमा ११ जुवाडे पक्राउ परेका छन्। दंगीशरण गाँउपालिका वडा नम्बर ३ रावत गाँउबाट शनिबार राति साढे दश बजेतिर एक लाख बढी रकमसहित ११ जुवाडे पक्राउ परेका हुन्।…

    Read more

    Leave a Reply

    You Missed

    यस वर्षको बडादसैँ आजबाट समापन हुँदै

    • By
    • October 16, 2024
    • 9 views

    काठ​माडौंबाट​ ध​न​ग​ढी जाँदै गरेको बस दुर्घटना

    • By
    • October 16, 2024
    • 8 views

    ११ जुवाडे पक्राउ

    • By
    • October 13, 2024
    • 15 views

    आज पनि दसैँको टीका लगाईँदै

    • By
    • October 13, 2024
    • 13 views

    Profile and Interviews: LIVE🔴 सुबह शाम 5 मिनट ये सुनें..मन शांत रहेगा../ Meditation Bk Yog / Guided meditation

    Profile and Interviews: गोरखनाथ,गोर्खा र पृथ्वीनारायण #podcast with Binu pokhrel, ft. Balabhadranath #motivation #culture