बरुण हाइड्रोपावरको २१औं साधारणसभा सम्पन्न; वार्षिक प्रतिवेदनहरु पारित

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आइतबार (१३ असोज, २०८१) २१औं वार्षिक साधारणसभा सम्पन्न गर्दै संचालक समितिले प्रस्ताव गरेको साधारण तथा विशेष प्रस्तावहरु छलफल र सुझावसहित पारित गरेको छ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले यही असोज २ गते बुधबार शेयरधनी दर्ता पुस्तिका बन्द (बूक क्लोज) गरेको थियो।

कम्पनीका अध्यक्ष डा. भुषण गुरागाईको सभापतित्वमा सम्पन्न भएको साधारणसभाले कम्पनीले प्रस्ताव गरेको हकप्रद शेयर निष्कासनलाई अनुमोदन गरेको छ।

सभाले कम्पनीको समीक्षा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ। साथै , कम्पनीको लेखापरीक्षण प्रतिवेदन , वासलात, नाफा नोक्सान हिसाब र नगदप्रवाह विवरण पनि सभाले पारित गर्यो।

यस बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले संखुवासभा जिल्लास्थित पाँचखपन र चैनपुर नगरपालिकाबीच भएर बहने हेवाखोलाबाट ४.५ मेगावाटको साना जलविद्युत आयोजना सम्पन्न गरि मिति २०६८/०४/२१ बाट व्यावसायिक उत्पादन गर्दै आएको छ।

आयोजनालाई २०८० सालको असार महिनामा आएको बाढीले पूर्ण क्षति पुर्याएकोमा पुनःनिर्माण कार्य पछि हाल संचालनमा आइसकेको कम्पनीले जनाएको छ। समीक्षा आर्थिक वर्षमा कम्पनीले विद्युत बिक्रीबाट रु.३४,९२,१८७/- प्राप्त गरेको जनाएको छ।

The post बरुण हाइड्रोपावरको २१औं साधारणसभा सम्पन्न; वार्षिक प्रतिवेदनहरु पारित first appeared on Khabar Breaking.

  • Related Posts

    ११ जुवाडे पक्राउ

    २७असोज, दाङ । दाङमा ११ जुवाडे पक्राउ परेका छन्। दंगीशरण गाँउपालिका वडा नम्बर ३ रावत गाँउबाट शनिबार राति साढे दश बजेतिर एक लाख बढी रकमसहित ११ जुवाडे पक्राउ परेका हुन्।…

    Read more

    आज पनि दसैँको टीका लगाईँदै

    २७ असोज, काठमाडौं । विजया दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज पनि दसैँको टीका लगाउँदैछन्। बडादसैँको टीका दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक…

    Read more

    Leave a Reply

    You Missed

    ११ जुवाडे पक्राउ

    • By
    • October 13, 2024
    • 15 views

    आज पनि दसैँको टीका लगाईँदै

    • By
    • October 13, 2024
    • 13 views

    Profile and Interviews: LIVE🔴 सुबह शाम 5 मिनट ये सुनें..मन शांत रहेगा../ Meditation Bk Yog / Guided meditation

    Profile and Interviews: गोरखनाथ,गोर्खा र पृथ्वीनारायण #podcast with Binu pokhrel, ft. Balabhadranath #motivation #culture

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    • By
    • October 11, 2024
    • 17 views

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    • By
    • October 11, 2024
    • 19 views