फुडमाण्डुको ‘बडा धमाका’ क्याम्पेन

४ असोज, काठमाडौं । नेपालको पहिलो तथा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमान्डुले नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा ‘बडा धमाका’ नामक क्याम्पेन लिएर आएको छ । हरेक महिनाको पहिलो हफ्ता चल्ने फूडमान्डु डबल धमाका क्याम्पेन, यस बडा दशैंमा झनै ठुलो हुने कम्पनीले जनाएको छ ।

बडा धमाका क्याम्पेन अन्तर्गत ग्राहकहरुले काठमाडौं, पोखरा र चितवनका ६० भन्दा बढी रेस्टुरेन्टहरूको सबै आइटममा ५०% सम्मको छुट पाउन सक्नेछन् । यसबारे बोल्दै फुडमान्डुकी ब्रान्ड एंड मार्केटिङ मेनेजर, इनेशा भट्टराईले भन्नु भयो, “हाम्रा ग्राहकहरूका लागि यो चाडपर्व अझ बढी रमाइलो बनाउने हाम्रो लक्ष्य रहेको छ । यसको लागि हामीले फुडमाण्डुमा स्वादिष्ट परिकारहरुका साथसाथै आकर्षक छुटको उपलब्ध गराउने लक्ष्य राखेका छौं । यो बडा धमाका क्याम्पेनले हाम्रा ग्राहकहरुकोे यस चाडपर्वको मौसममा थप सहजता र स्वादिष्टता ल्याउनेछ र प्रियजनहरूसँग अविस्मरणीय पलहरू सिर्जना गर्न मद्दत पुग्नेछ ।”
बडा धमाका क्याम्पेन असोज ३ देखि असोज २३ सम्म चल्नेछ। ग्राहकहरुले अब परिवार र साथीभाईसँग, फुडमाण्डुको एप वा वेबसाइटबाट केही क्लिकमै दशैंको स्वाद आकर्षक मूल्यमा घरमै पाउन सक्नुहुनेछ ।

The post फुडमाण्डुको ‘बडा धमाका’ क्याम्पेन first appeared on Khabar Breaking.

  • Related Posts

    ११ जुवाडे पक्राउ

    २७असोज, दाङ । दाङमा ११ जुवाडे पक्राउ परेका छन्। दंगीशरण गाँउपालिका वडा नम्बर ३ रावत गाँउबाट शनिबार राति साढे दश बजेतिर एक लाख बढी रकमसहित ११ जुवाडे पक्राउ परेका हुन्।…

    Read more

    आज पनि दसैँको टीका लगाईँदै

    २७ असोज, काठमाडौं । विजया दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज पनि दसैँको टीका लगाउँदैछन्। बडादसैँको टीका दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक…

    Read more

    Leave a Reply

    You Missed

    ११ जुवाडे पक्राउ

    • By
    • October 13, 2024
    • 15 views

    आज पनि दसैँको टीका लगाईँदै

    • By
    • October 13, 2024
    • 13 views

    Profile and Interviews: LIVE🔴 सुबह शाम 5 मिनट ये सुनें..मन शांत रहेगा../ Meditation Bk Yog / Guided meditation

    Profile and Interviews: गोरखनाथ,गोर्खा र पृथ्वीनारायण #podcast with Binu pokhrel, ft. Balabhadranath #motivation #culture

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    • By
    • October 11, 2024
    • 18 views

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    • By
    • October 11, 2024
    • 20 views