पशुपती रेन्यूएवल्स लिमिटेडको दोश्रो वार्षिक साधारणसभा सम्पन्न

२३ असोज ,काठमाडौं ।  पशुपती रेन्यूएवल्स लिमिटेडको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ।  कम्पनीका अध्यक्ष डा. संदिप शाहको अध्यक्षतामा मंगलबार( २२ असोज ) नक्साल, काठमाडौंमा सम्पन्न सो साधारण सभाले कम्पनीको संचालक  समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल र सुझाव सहित पारित  गरेको छ।

त्यसैगरी, साधारणसभाले लेखापरिक्षकको प्रतिवेदन सहित  २०८०/०८१ को वित्तीय  विवरण , नयाँ संचालक सदस्यको चयन, आव २०८१/०८२ को लागि  लेखापरीक्षक नियुक्ति  र निजको पारिश्रमिक तोक्ने लगायतका वििषय पारित गरेको छ।

हाल  कुल स्वपूँजी रु. ७२ करोड रहेको सो कम्पनीले अर्को वित्तीय संस्थासङ्ग  रु. १ अर्ब ३२ करोड ६० लाख रुपैयाँ कर्जा सुबिधाहरु लिने सम्झौता गरि आयोजना अगाडी बढाएको जनाएको छ।

कम्पनीले पहिलो र दोश्रो ठेक्का सम्झौता गरि हाल सम्मको को भौतिक प्रगती ४३.९७ प्रतिशतको भएको र १५ प्रतिशत खर्च भएको जनाएको छ। पहिलो आयोजना अन्तर्गत  आगामी पौष तथा दोश्रो आयोजना अन्तर्गत  चैतमा विद्युत उत्पादन गर्ने लक्ष्य  रहेको जनाएको छ ।

The post पशुपती रेन्यूएवल्स लिमिटेडको दोश्रो वार्षिक साधारणसभा सम्पन्न first appeared on Khabar Breaking.

  • Related Posts

    ११ जुवाडे पक्राउ

    २७असोज, दाङ । दाङमा ११ जुवाडे पक्राउ परेका छन्। दंगीशरण गाँउपालिका वडा नम्बर ३ रावत गाँउबाट शनिबार राति साढे दश बजेतिर एक लाख बढी रकमसहित ११ जुवाडे पक्राउ परेका हुन्।…

    Read more

    आज पनि दसैँको टीका लगाईँदै

    २७ असोज, काठमाडौं । विजया दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज पनि दसैँको टीका लगाउँदैछन्। बडादसैँको टीका दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक…

    Read more

    Leave a Reply

    You Missed

    ११ जुवाडे पक्राउ

    • By
    • October 13, 2024
    • 15 views

    आज पनि दसैँको टीका लगाईँदै

    • By
    • October 13, 2024
    • 13 views

    Profile and Interviews: LIVE🔴 सुबह शाम 5 मिनट ये सुनें..मन शांत रहेगा../ Meditation Bk Yog / Guided meditation

    Profile and Interviews: गोरखनाथ,गोर्खा र पृथ्वीनारायण #podcast with Binu pokhrel, ft. Balabhadranath #motivation #culture

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    • By
    • October 11, 2024
    • 18 views

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    • By
    • October 11, 2024
    • 20 views