नेकपा (माओवादी केन्द्र) मा नेतृत्व हस्तान्तरण, पुस्तान्तरणको बहस किन सेलायो ?

आरपी गैरे,
११ असोज, काठमाडौं । नेकपा (माओवादी केन्द्र) मा नेतृत्व हस्तान्तरण, पुस्तान्तरणको बिषयमा साउन महिना तिर चर्को बहस चलेको थियो । अहिले त्यो बिषय साम्य भएको छ । बिगतमा पनि पार्टी भित्र यस्ता बहस नभएका होइनन् । बेला बेलामा यस्ता बहस तात्ने र बिस्तारै सेलाउँदै आएको हामीले देखिरहेका छौ. । हुन त पार्टी अध्यक्ष पुष्प कमल दाहालको बिकल्पमा उभिन सक्ने आँट भएका नेता नै त्यो पार्टीमा अहिले सम्म देखिएका छैनन् । अब कस्ले आँट गर्छ त्यो हेर्न बाँकी छ । पार्टीका नेताहरुले कुरा गरेर मात्र हुदैन, ब्यवहारमा देखाउन सक्नु पर्छ । त्यसो भयो भने मात्र जनताले पताउँछन ।

२०६२ र २०६३ सालको राजनीति परिवर्तन पछि पहिलो संबिधान सभाको चुनावमा माओवादीले बहुमत ल्यायो र सरकार पनि चलायो । तर सरकार पुरा कार्यकाल टिक्न नसकी ढल्यो । सुरुका दिनमा माओवादी प्रति जनताको आशा र भरोसा यति ठूलो थियो की भनेर साध्य छैन । त्यत्रो जनयुद्ध लडेर अन्ततः शान्तिपूर्ण राजनीति मूलधारमा आएको पार्टी यसले देशको कायलपलट नै गर्छ भन्ने जनतामा उत्साह र आशा हुनु स्वभाविक नै थियो । त्यही उत्साह र आशाले माओवादीलाई पहिलो संबिधान सभामा जनताले बहुमत दिएका हुन । त्यही बहुमतको आधारमा माओवादीले सरकार बनायो तर सरकारमा गए पछि त्यो अनुसार काम गरेर देखाउन सकेन । त्यस पार्टीका नेताहरु सुकिला, मुकिला हुन थाले । बिस्तारै बिस्तार ब्यक्तिगत धन सम्पत्ति जोडनमा नेताहरु प्रतिस्प्रर्धा गर्न थाले । राम्रा राम्रा गाडी फेरी फेरी चढन थाले । पाँच तारे होटलमा मिठो मिठो खान पल्के र बैठक पनि त्यतै बस्न थाले । समय क्रम संगै उनीहरु सुख सुबिधा र ऐस आरामको जीवन बिताउन थाले । जनता संग जोडिन गाउँ गाउँमा जानु पर्नेमा नेताहरु ंिसहदरवार भित्रै अल्झिए । अहिले सरकार देखि बाहिर हुदा जनताका कुरा गरिरहेका छन । सत्तामा हुदा जनतालाई भुले । तल्लोतह वडा देखि माथि सम्म संगठन बिग्रिएको उनीहरुले पत्तो नै पाएनन् ।

बिगतका गल्तिहरुवाट पाठ सिक्दै माओवादी नेताहरु सच्चिनु पर्छ । त्यसो भयो भने मात्र बिग्रिदै आएको पार्टी पूनः निर्माण हुन सक्छ । अहिलेको युगमा त्यति सजिलै जनताको मन जित्न सकिदैन, अब जनताले नेताको भाषण होइन परिणाम खोजिरहेका छन । उधारो आश्वासनका नाराले अव जनता पत्ताउनेवाला छैनन् । सरकारमा रहदा माओवादीले जनताको मन जित्न नसक्नु नै उसको ठूलो गल्ति हो । यसले गर्दा पनि आम कार्यकर्ताहरुमा बितृष्णा थियो । त्यसले गर्दा पनि माओवादी कमजोर अबस्थामा पुगेको हो । त्यो कुरा जनताले सुस्म ढंगले हेरिरहेका थिए । र अहिले पनि हेरिरहेका छन । दोस्रो संबिधान सभाको चुनाव पछि तेस्रो दल भन्दा माथि उठन सकेन माओवादी । बिगतमा कहिले एमाले संग गठबन्धन गरेर चुनावमा गयो त कहिले काँग्रेस संग । एक्लै चुनाव लडने आँट उसले गरेन । अब आउँदो चुनावमा के गर्छ अहिले नै भन्न सकिदैन । तर प्रचण्डले अब आउँदो ८४ सालको चुनावमा पहिलो पार्टी बन्ने उदघोष गरेका छन । अब कुनै सरकारमा सहभागी नहुने र सरकारको नेतृत्व पाए पनि नलिने बताउँदै आएका छन प्रचण्ड । बिगतको कुरा गर्ने हो भने पार्टीको आन्तरिक बिवाद र पदकै लोभमा माओवादी पार्टी चिराचिरामा बिभाजित भयो ।

यसले गर्दा पनि माओवादी कमजोर बनेको हो । पूर्व माओवादी एक ठाउँमा उभिने हो भने एउटा शक्ति बन्न सक्छ । तर पूर्व माओवादी पार्टी तत्काल एक ठाउँमा उभिने सम्भावना देखिदैन । मोहन बैध, नेत्र बिक्रम चन्द, डा बाबुराम भट्टराई, बादल जस्ता नेताहरु पार्टीवाट बाहिरिनाले माओवादी लाई ठूलो क्षति पुगेको छ । संसदीय राजनीतिमा सत्ता राजनीतिले नेताहरुलाई तितरबितर बनाउँदो रहेछ । खासमा माओवादी झन पछि झन खुम्चिदै छ । यो कुरा नेतृत्वले बुझेर नै पार्टी भित्र गम्भिर बहस भएको हुन सक्छ । केही दिन अघि सम्म सरकारको नेतृत्व गर्ने र सरकारमा सहभागी हुनेमा माओवादीले धेरै अबसर पाएको थियो । पटक पटक अबसर पाउँदा पनि आर्थिक, सामाजिक , राजनीकि कुनै क्षेत्रमा आमूल परिवर्तन ल्याउन सकेन । सरकारको नेतृत्व गर्दा होस या सरकारमा सहभागी हुदा होस जनताको पक्षमा त्यति लोकप्रिय काम गरेर देखाउन सकेन उसले । अरु पार्टीहरु जस्तै परम्परागत ढंगले चल्यो । पूँजीपति, उद्योगपति, ठेकेदार, दलाल संग उसको उठबस हुन थाल्यो ।

पार्टीले सरकारमा गए पछि कुनै नयाँपन दिन सकेन । माओवादीवाट जनताले नयाँपन खोजेका थिए । त्यो अनुसार उसले केही पनि गर्न सकेन । बिगतमा अधिकाँश समय उसले सरकारमा गएर बितायो । जनता संग जोडिन सकेन । जनताका कुरा सुनेन । अहिले संगठन अस्तब्यस्त र कमजोर बन्दा पार्टी भित्र नेतृत्व हस्तान्तरको बहस चलेको छ । यो राम्रै कुरा हो । जनताले पनि त्यही खोजेका हुन । माओवादी पार्टी भित्र मात्र होइन, अब काँग्रेस र एमालेमा पनि यो बहस चर्किनु पर्छ । युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने आँट प्रमुख तिन दल काँग्रेस, एमाले र माओवादीले गर्नु पर्छ । पुराना पार्टीका पुराना नेताले अब बिश्राम लिनु पर्छ । माओवादी पार्टीका बिभिन्न नेताहरूले पार्टीमा नयाँ नेतृत्वको विकास हुनु पर्ने बताएका छन ।

हाम्रो देशमा अस्थिर सरकार, अपरिपक्क नेतृत्व र अवसरबाद मौलाएको छ । यदि देशले असल, इमान्दार र दुरदर्शी नेतृत्व पाउने हो भने देश निर्माण हुन लामो समय लाग्दैन ।
२००७ साल देखी यता नेपालमा व्यवस्था त परिवर्तन भयो तर नेतृत्व, प्रवृत्ति र विचार परिवर्तन भएन । हिजोकै जस्तो सामन्ति प्रवृत्ति, भ्रष्ट विचार, जालझेलले राजनीति चलिरहेको छ । नेपालको राजनीति फोहोरी खेलमा परिणत भएको छ । राजनीति आफैमा फोहोरी खेल होइन तर राजनीतिलाई फोहोरी बनाउन विगतदेखीनै नेतृत्ववर्ग लागे । नमरुन्ज्याल राजनीतिको नेतृत्वमानै रहिरहने परिपाटि नेपालको राजनीतिमा छ । अब सबै पार्टीमा यसलाई परिवर्तन गरी नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न ढिला भइसकेको छ । नेताहरु जसरी शक्ति र सत्ता केन्द्रित हुदै गएका छन । यसले नेपालको राजनीतिलाई बदनाम बनाइरहेको छ । पुराना पुस्तावाट नयाँ पुस्ताले के सिक्ने ? राजनीतिक दलहरु र तिनका नेताहरु कार्यकर्ताको योगदान हेदैनन् । धेरै जसो इमान्दार कार्यकर्ताहरु राजनीतिवाट पाखा लाइरहेका छन ।

जो संग पैसा छ त्यो नै राजनीतिमा हावी भैरहेको छ । राजनीतिक दलहरुले कस्तो समाज निर्माण गर्न खोजी रहेकाछन् । यस किसिमका प्रवृत्ति नया नेपाल निर्माणका लागि बाधक बनिरहेका छन । राजनीतिमा युवा पुस्ताहरु पनि ढुलमुलमा पर्नाले समस्या निम्तिएको हो । युवा नेताहरु नेतृत्वको खुलेर बिरोध गर्न सकिरहेका छैनन् । यो किन यस्तो भैरहेको छ ? आज देशमा युवा पुस्ता प्रति आम नेपालीहरुको विश्वास पनि गुम्ने खतरा छ, तसर्थ राजनीतिक नेतृत्ववर्गले यस किसिमका क्रियाकलापबाट तत्काल सजक र सचेत भई युवा पुस्तालाई नैतिकवान् र जिम्मेवार बनाउदै नेतृत्व हस्तान्तरणका लागि आवश्यक कदम चाल्नुपर्ने देखिन्छ । अबको नेतृत्व लिन युवा पुस्ता स्वयम् पनि जिम्मेवार हुनुपर्ने हुन्छ । तसर्थ नेपालको राजनीति अब हिजोको जस्तो हुनुहुदैन र यदि भयो भने पनि त्यो नेपाली समाजले स्विकार्दैन । नेतृत्व लिनका लागि युवा पुस्ताहरुले पनि आफुलाई सुधार गर्दे लैजानुपर्ने देखिन्छ । युवा पुस्तामा अहिले जुन अहम, असहिष्णुता देखिन्छ त्यस्तो सोच र शैली बन्द गर्नुपर्छ । विगतमा भएका विभिन्न राजनीतिक, सामाजिक आन्दोलनमा युवाहरूको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ । रगत र पसिना बगाउने अधिकांश युवा नै थिए । राजनीतिमा युवाहरू शोषित छन् र राजनीतिक स्वार्थका लागि तिनको प्रयोग हुँदै आएको छ ।

राजनीतिमा परिवार र नजिककालाई अगाडि सार्ने संस्कारले पनि युवाहरूलाई यसप्रति वितृष्णा जगाएको छ । ०६२÷६३ को आन्दोलनको नेतृत्व गर्ने युवाहरू अहिले प्रौढ भइसकेका छन्, उनीहरू निर्णायक पदमा आउँदा वृद्ध भइसकेका हुनेछन् । नेपालमा राजनीति सीमित व्यक्तिहरू वरपर घुमेका कारणले नयाँ पुस्ताले स्थान बनाउने सम्भावना कम छ । यिनै कारणले दलहरूमा पनि युवाहरूको स्थान नाजुकै छ । धेरै युवा राजनीतिमा विचलित भएका छन् । युवाहरूलाई राजनीतिमा चासो नहुनुको मुख्य कारण भनेको तिनलाई अगाडि बढ्ने अवसर नहुनु र निर्णय लिने तहमा आवाज राख्न नपाउनु नै हो ।

यदि अब पनि माओवादी नेतृत्वले आफूलाई गम्भिरतापूर्वक लिएन र आत्मसमिक्षा गरेन भने पार्टी सकिन बेर लाग्ने छैन । माओवादीको मत प्रतिशत घटदै घटदै आएको छ । यस्तै अबस्था रहिरहने हो भने आगामी निर्वाचनमा माओवादी यो भन्दा तल झर्ने अनुमान गरिएको छ । यति बेला माओवादी सामु ठूलो चुनौती र अबसर दुबै छ । सरकारवाट बाहिरिए पछि आफूलाई बदल्ने र आफूलाई आत्म समिक्षा गर्ने यो ठूलो अबसर हो माओवादीका लागी । पछिल्लो समय अर्घाखाँचीमा नेकपा माओवादीका नेता, कार्यकर्ता एमाले प्रबेश गरेका छन । यो माओवादीका लागी ठूलो धक्का हो । माओवादीलाई आफना नेता, कार्यकर्ता जोगाएर राख्न हम्मे हम्मे परिराखेको छ । पार्टी भित्र अवसर पाउनेले पटक पटक पाइराख्ने तर त्याग, तपस्या र योगदान गर्ने सधै पाखा बसिरहनु पर्ने अबस्थाले पनि पार्टी कमजोर बन्दै गएको हुनु पर्छ । अब माओवादी कि सच्चिनु पर्छ की सक्किनु पर्छ यो बाहेक अर्को कुनै बिकल्प छैन । माओवादी सच्चिने की सक्किने यो उनैले जान्ने कुरा हो ।

The post नेकपा (माओवादी केन्द्र) मा नेतृत्व हस्तान्तरण, पुस्तान्तरणको बहस किन सेलायो ? first appeared on Khabar Breaking.

  • Related Posts

    ११ जुवाडे पक्राउ

    २७असोज, दाङ । दाङमा ११ जुवाडे पक्राउ परेका छन्। दंगीशरण गाँउपालिका वडा नम्बर ३ रावत गाँउबाट शनिबार राति साढे दश बजेतिर एक लाख बढी रकमसहित ११ जुवाडे पक्राउ परेका हुन्।…

    Read more

    आज पनि दसैँको टीका लगाईँदै

    २७ असोज, काठमाडौं । विजया दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज पनि दसैँको टीका लगाउँदैछन्। बडादसैँको टीका दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक…

    Read more

    Leave a Reply

    You Missed

    ११ जुवाडे पक्राउ

    • By
    • October 13, 2024
    • 14 views

    आज पनि दसैँको टीका लगाईँदै

    • By
    • October 13, 2024
    • 12 views

    Profile and Interviews: LIVE🔴 सुबह शाम 5 मिनट ये सुनें..मन शांत रहेगा../ Meditation Bk Yog / Guided meditation

    Profile and Interviews: गोरखनाथ,गोर्खा र पृथ्वीनारायण #podcast with Binu pokhrel, ft. Balabhadranath #motivation #culture

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    • By
    • October 11, 2024
    • 17 views

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    • By
    • October 11, 2024
    • 19 views