जोइन बचत तथा ऋण सहकारीको चौधौं वार्षिक साधारणसभा सम्पन्न

१३ असोज , काठमाडौं । जोइन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो चौधौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष बाबुलाल श्रेष्ठको अध्यक्षता र बागमती प्रदेशका संस्कृति ,पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीको प्रमुख आतिथ्यमा यही असोज १२ गते शनिबार संस्थाको साधारणसभा सम्पन्न भएको हो।

साधारणसभाले संस्थाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आर्थिक वर्षको वासलात , लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।

सभाले चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम , बजेट , लेखापरीक्षकको नियुक्ति लगायतलाई स्वीकृत गरेको छ।

साधारणसभामा सहकारीका अध्यक्ष श्रेष्ठले संस्थालाई सुदृढ , गतिशील तथा आत्मनिर्भर बनाई सदस्यहरुको हितमा लागिपरेको बताए । सहकारीमा विभिन्न कार्यक्रम संचालन गर्न र सदस्यहरुलाई कर्जा लगानी सरल र सहज रुपले उपलब्ध गराउन नियमित बचत, ऐच्छिक बचत, तथा संस्थाको शेयर पूँजी थप वृद्धि गर्न प्रयत्नशील रहेको बताए।

समीक्षा आर्थिक वर्ष २०८०/८१ मा यस सहकारीको शेयर पूँजी रु१,७३,११,०००/- पुगेको छ , अघिल्लो आर्थिक वर्षको तुलनामा रु ३५,७०,०००/- को वृद्धि हो। संस्थाको कुल वासलात रु ५,९४,६९,३१७/३९ कायम भएको छ। संस्थाको जगेडा कोषमा रु. १५,६८,९९३/५० र सामाजिक तथा अन्य कोष रु. १८,७३,९०६/६३ रहेको छ। संस्थाको संचालन मुनाफा रु. १४,७०,०७६/६३ रहेको छ।

The post जोइन बचत तथा ऋण सहकारीको चौधौं वार्षिक साधारणसभा सम्पन्न first appeared on Khabar Breaking.

  • Related Posts

    ११ जुवाडे पक्राउ

    २७असोज, दाङ । दाङमा ११ जुवाडे पक्राउ परेका छन्। दंगीशरण गाँउपालिका वडा नम्बर ३ रावत गाँउबाट शनिबार राति साढे दश बजेतिर एक लाख बढी रकमसहित ११ जुवाडे पक्राउ परेका हुन्।…

    Read more

    आज पनि दसैँको टीका लगाईँदै

    २७ असोज, काठमाडौं । विजया दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज पनि दसैँको टीका लगाउँदैछन्। बडादसैँको टीका दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक…

    Read more

    Leave a Reply

    You Missed

    ११ जुवाडे पक्राउ

    • By
    • October 13, 2024
    • 15 views

    आज पनि दसैँको टीका लगाईँदै

    • By
    • October 13, 2024
    • 13 views

    Profile and Interviews: LIVE🔴 सुबह शाम 5 मिनट ये सुनें..मन शांत रहेगा../ Meditation Bk Yog / Guided meditation

    Profile and Interviews: गोरखनाथ,गोर्खा र पृथ्वीनारायण #podcast with Binu pokhrel, ft. Balabhadranath #motivation #culture

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    • By
    • October 11, 2024
    • 17 views

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    • By
    • October 11, 2024
    • 19 views