जेष्ट आइडियोलोजी साकोसको १५औं साधारण सभा सम्पन्न

काठमाडौं । जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हेम बहादुर कार्कीको अध्यक्षता एवं नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष चन्द्र ढकालको प्रमुख आतिथ्यमा  साधारणसभा शुक्रबार (४ असोज )सम्पन्न भएको हो ।

साधारणसभाले संस्थाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। त्यस्तै , समीक्षा वर्षको वासलात, लेखा सुपरिवेक्षण प्रतिवेदन र नगदप्रवाह विवरण लगायतका वित्तीय प्रतिवेदन पनि सभाले पारित गरेको छ।

साधारणसभाको समुद्घाटनमा सम्बोधन गर्दै  प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष ढकालले सदस्यहरुले संस्थालाई सबल बनाउन नियमित रुपमा बचत गर्नुपर्नेमा जोड दिए । सहकारी सफल बनाउने वा नबनाउने भन्ने कुरामा सदस्यको हात रहेको भन्दै उनले व्यवस्थापन रहने पदाधिकारीले पनि वित्तीय पारदर्शीता कायम गरी अगाडि बढ्न  सुझाव दिए । संस्थागत नीति बनाएर संस्था सञ्चालन गर्नु पर्ने र नीति भन्दा बाहिर गएर संस्था सञ्चालन गर्दा समस्या आउने उनको भनाई छ । सहकारी क्षेत्रमा देखिएको समस्या समाधानमा सरोकारवाला निकायबीच सामुहिक प्रयास आवश्यक रहेको उनले जनाए ।

साधारणसभामा संस्थाका अध्यक्ष हेमबहादुर कार्कीले संस्थाले सदस्यहरुको लागि  सहकारी शिक्षा कार्यक्रम संचालन गर्ने गरेको बताए । सदस्यहरुको विश्वासकै कारण आर्थिक मन्दी र विषम परिस्थितिमा पनि संस्थाको वित्तीय सुचाङ्क बलियो रहेको उनले जानकारी दिए।

खिचापोखरी, न्यूरोडमा मुख्य कार्यालय रहेका यस जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाको  संस्थामा ६ हजार २ सय ५३ जना सदस्य आवद्ध रहेका छन् । संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्म शेयर पुँजी रु. ९ करोड ९३ लाख, बचत संकलन १ अर्ब १६ करोड ३७ लाख, जगेडा तथा अन्य कोष २१ करोड २१ लाख र ऋण लगानी १ अर्ब ६७ करोड ५९ लाख गरेको छ । ५ करोड १४ लाख स्थिर सम्पत्ति रहेको संस्थाले गत आर्थिक वर्षमा १ अर्ब ९० करोड २९ लाख कुल कारोबार गरेको छ । संस्थाले गत आ.ब.मा १ करोड ७५ लाख कर अघिको नाफा आर्जन गरेको जनाएको छ । संस्थाले १ करोड ६६ लाख १७ हजार रुपैयाँ राजश्व तिरेको जनाएको छ ।

त्यस्तै ,संस्थाले सदस्यहरुलाई सहज रुपमा वित्तीय सेवा प्रदान मोबाईल बैकिङ्ग, ई–टेलर तथा मिसकल सेवाका साथै फन्ड ट्रान्सफर, क्यु आर भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ ।  यस आर्थिक वर्षमा सदस्यसँग ‘जेष्ठ आइडियोलोजी साकोस’ कार्यक्रम सञ्चालन गरी सदस्यहरुमा संस्थाप्रति अपनत्वको भावना विकास गर्ने जनाएको छ । त्यसैगरी सदस्य राहत कोष सञ्चालन गर्ने, नियमित बचत गर्न सदस्यलाई अभिप्रेरित गर्ने र प्रविधिमैत्री सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने संस्थाको योजना रहेको छ ।

 

The post जेष्ट आइडियोलोजी साकोसको १५औं साधारण सभा सम्पन्न first appeared on Khabar Breaking.

  • Related Posts

    ११ जुवाडे पक्राउ

    २७असोज, दाङ । दाङमा ११ जुवाडे पक्राउ परेका छन्। दंगीशरण गाँउपालिका वडा नम्बर ३ रावत गाँउबाट शनिबार राति साढे दश बजेतिर एक लाख बढी रकमसहित ११ जुवाडे पक्राउ परेका हुन्।…

    Read more

    आज पनि दसैँको टीका लगाईँदै

    २७ असोज, काठमाडौं । विजया दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज पनि दसैँको टीका लगाउँदैछन्। बडादसैँको टीका दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक…

    Read more

    Leave a Reply

    You Missed

    ११ जुवाडे पक्राउ

    • By
    • October 13, 2024
    • 15 views

    आज पनि दसैँको टीका लगाईँदै

    • By
    • October 13, 2024
    • 13 views

    Profile and Interviews: LIVE🔴 सुबह शाम 5 मिनट ये सुनें..मन शांत रहेगा../ Meditation Bk Yog / Guided meditation

    Profile and Interviews: गोरखनाथ,गोर्खा र पृथ्वीनारायण #podcast with Binu pokhrel, ft. Balabhadranath #motivation #culture

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    • By
    • October 11, 2024
    • 17 views

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    • By
    • October 11, 2024
    • 19 views