कात्तिक २९ देखि ‘महजात्रा’ आयोजना

१० असोज, काठमाडौं । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मह सञ्चारले कात्तिक २९ गतेदेखि महजात्रा आयोजना गर्ने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मह सञ्चारले उक्त कुराको जानकारी दिएको हो । महजात्रा मह सञ्चा र सुश्री मिडिया प्रालिको सहकार्यमा कात्तिक २९ गतेदेखि प्रज्ञा प्रतिष्ठानमा हुने र त्यसपछि देशव्यापीरुपमा मह जात्रा आयोजना हुने बताइएको छ ।

नेपालमा दश बर्षपछि मिरा फाउण्डेशन र मानव सेवा आश्रमको सहयोगार्थ पुनः एकपटक महजात्रा नामक प्रहसन हुन लागेको हो । हाँस्य व्यङग्यको माध्यमबाट समाजमा रहेका समसामयिक समस्याहरु र विविध पक्षहरुलाई उजागर गर्ने उद्देश्यका साथ मह जात्रा आयोजना गरिएको वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले बताए ।

त्यस्तै, वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले निष्पक्षमा रुपमा समाजमा देखिएका बिषयहरुलाई हाँस्य व्यङ्ग्यमार्फत उजागर गर्ने बताए । महजात्रा प्रहशनमा ख्यातीप्राप्त हास्य कलाकारहरु किरण केसी, राजाराम पौडेल, शिवहरी पौडेल लगाएतको समेत प्रस्तुति रहने महसञ्चारले जनाएको छ ।

The post कात्तिक २९ देखि ‘महजात्रा’ आयोजना first appeared on Khabar Breaking.

  • Related Posts

    ११ जुवाडे पक्राउ

    २७असोज, दाङ । दाङमा ११ जुवाडे पक्राउ परेका छन्। दंगीशरण गाँउपालिका वडा नम्बर ३ रावत गाँउबाट शनिबार राति साढे दश बजेतिर एक लाख बढी रकमसहित ११ जुवाडे पक्राउ परेका हुन्।…

    Read more

    आज पनि दसैँको टीका लगाईँदै

    २७ असोज, काठमाडौं । विजया दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज पनि दसैँको टीका लगाउँदैछन्। बडादसैँको टीका दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक…

    Read more

    Leave a Reply

    You Missed

    ११ जुवाडे पक्राउ

    • By
    • October 13, 2024
    • 15 views

    आज पनि दसैँको टीका लगाईँदै

    • By
    • October 13, 2024
    • 13 views

    Profile and Interviews: LIVE🔴 सुबह शाम 5 मिनट ये सुनें..मन शांत रहेगा../ Meditation Bk Yog / Guided meditation

    Profile and Interviews: गोरखनाथ,गोर्खा र पृथ्वीनारायण #podcast with Binu pokhrel, ft. Balabhadranath #motivation #culture

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    • By
    • October 11, 2024
    • 18 views

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    • By
    • October 11, 2024
    • 20 views