एसियाली देशका सुरक्षण संस्थाहरूको ३६ औँ एसिक सम्मेलन काठमाडौँमा शुरु

५ असोज, काठमाडौँ । काठमाडौँमा एसियाली देशका सुरक्षण संस्थाहरू (एसिक) को ३६ औँ अन्तरराष्ट्रिय सम्मेलन शुक्रबार देखि शुरु भएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषले आयोजना गरेको उक्त सम्मेलनको शुक्रबार साँझ उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्नु भएको थियो ।

मन्त्री पौडेलले अर्थतन्त्रको विकास र विस्तारका लागि कर्जा प्रवाह हुन आवश्यक रहेको बताउनु भयो । उहाँले निक्षेप तथा कर्जा सुरक्षण कोषको कारण नवप्रवर्तन र स्टार्टअप कर्जालाई सहज भएको बताउनु भयो ।

“नवप्रवर्तन र स्टार्टअप कर्जाको प्रबर्द्धनका लागि निक्षेप तथा कर्जा सुरक्षण कोषले महत्त्वपूर्ण भूमिका खेलेको छ” उहाँले भन्नु भयो । उहाँले सर्वसाधारणको निक्षेपको सुरक्षणका लागि कोषले प्रभावकारी भूमिका खेलेको समेत उल्लेख गर्नु भयो । उहाँले अन्वेषणमार्फत नवप्रवर्तनमा जोड दिने उद्देश्यका साथ सम्मेलनको आयोजना भएको भन्दै खुशी व्यक्त गर्नु भयो ।

मन्त्री पौडेलले अन्तरनिकाय सूचना आदानप्रदान गर्न एवं साना व्यवसायीलाई वित्तीय पहुँच पुर्‍याउन कोषले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनु भयो । ‘बचतकर्ताको मनोबल बढाउन सुरक्षणविना सम्भव हुँदैन’, उहाँले भन्नु भयो , ‘कर्जा सुरक्षण कोषले पर्याप्त धितो राख्न नसक्नेलाई पनि कर्जा लिन प्रोत्साहन गरिरहेको छ । यसले अर्थतन्त्रलाई सहज बनाउन भूमिका खेलेको छ ।’

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘कुनै बैंकमा समस्या आइहाल्यो भने पनि त्यसमाथि हस्तक्षेप गरेर परिस्थिति नियन्त्रणमा लिनसक्ने गरी निक्षेप बीमा योजनालाई परिस्कृत गर्न आवस्यक भएको बताउनु भयो ।

उहाँले निक्षेपकर्ताको सुरक्षण गर्ने हैसियत कोषले राख्नुपर्ने बताउनु भयो । साथै, पछिल्लो समय कोषको क्षमता बढ्दै गएको बताउनु भयो । उहाँले एसियाली मुलुकका साना नवप्रवर्तनकारी संस्थाहरूका लागि इननोभेसनलाई आधार मानेर प्रवाह हुने कर्जाको महत्त्व निकै उच्च रहेको बताउनु भयो ।

उहाँले निजी क्षेत्रको कर्जा प्रवाहमा सहजीकरण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषले ठूलो सहयोग पुगेको बताउनु भयो । पछिल्ला अन्तरराष्ट्रिय वित्तीय संकटहरूका बेलामा समेत नेपालको बैंकिङ प्रणाली सबल हुनुलाई यहाँको निक्षेप तथा कर्जा सुरक्षणको नीतिले ठूलो सहायता पुर्‍याएको थियो ।

निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद घिमिरेले कोषले हालसम्म १४ खर्ब ३० अर्ब रुपैयाँ बराबरको निक्षेप र २ खर्ब ९६ अर्ब रुपैयाँ बराबरको कर्जा सुरक्षण गरेको जानकारी दिनु भयो । उहाँले सम्मेलनले नवप्रवर्तनमा जोड दिएको बताउनु भयो । “आफ्नो नायाँ सोचलाई पनि धितोमा राखेर कर्जा प्रवाह गर्न सकिन्छ भन्ने सन्देश यो सम्मेलनमार्फत दिनेछौँ” उहाँले भन्नु भयो ।

कोषको निक्षेप सुरक्षण विभाग प्रमुख विक्रान्त आचार्यले सम्मेलनमा आर्थिक वृद्धिलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारेमा छलफल गर्ने बताउनु भयो । उहाँले सम्मेलनमा २० वटा एसियाली मुलुक तथा संस्थाबाट करीब १४० जना सहभागी हुँदै छन् । सम्मेलनको औपचारिक सत्रहरू शनिबारबाट सुरु हुने छ । चार दिनसम्म चल्ने उक्त सम्मेलन आगामी सोमबार सकिने छ ।

The post एसियाली देशका सुरक्षण संस्थाहरूको ३६ औँ एसिक सम्मेलन काठमाडौँमा शुरु first appeared on Khabar Breaking.

  • Related Posts

    ११ जुवाडे पक्राउ

    २७असोज, दाङ । दाङमा ११ जुवाडे पक्राउ परेका छन्। दंगीशरण गाँउपालिका वडा नम्बर ३ रावत गाँउबाट शनिबार राति साढे दश बजेतिर एक लाख बढी रकमसहित ११ जुवाडे पक्राउ परेका हुन्।…

    Read more

    आज पनि दसैँको टीका लगाईँदै

    २७ असोज, काठमाडौं । विजया दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज पनि दसैँको टीका लगाउँदैछन्। बडादसैँको टीका दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक…

    Read more

    Leave a Reply

    You Missed

    ११ जुवाडे पक्राउ

    • By
    • October 13, 2024
    • 15 views

    आज पनि दसैँको टीका लगाईँदै

    • By
    • October 13, 2024
    • 13 views

    Profile and Interviews: LIVE🔴 सुबह शाम 5 मिनट ये सुनें..मन शांत रहेगा../ Meditation Bk Yog / Guided meditation

    Profile and Interviews: गोरखनाथ,गोर्खा र पृथ्वीनारायण #podcast with Binu pokhrel, ft. Balabhadranath #motivation #culture

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    • By
    • October 11, 2024
    • 17 views

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    • By
    • October 11, 2024
    • 19 views