एसिकको ३६ औं सम्मेलन सम्पन्न

७ असोज, काठमाडौँ । काठमाडौंमा एसियाली क्रेडिट सपोर्ट एन्ड इन्नोभेसन कन्फेरेन्स (एसिक) को ३६ औं सम्मेलन सम्पन्न भएको छ । शुक्रबारदेखि राजधानीमा सुरु भएको एसिक सम्मेलनमा १६ ओटा देशका कर्जा तथा निक्षेप सुरक्षण संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । आर्थिक विकासका लागि नवप्रवर्तन भन्ने नाराका साथ सुरु गरिएको सम्मेलनमा विभिन्न दशओटा विषयमा छलफल भएको थियो । नेपालले ३० बर्षपछि यो सम्मेलन आयोजना गरेको हो । नवप्रवर्तन, हरित वित्तमार्फत साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्दै दिगो विकास लक्ष्य हासिल गर्ने प्रतिबद्धता जनाउँदै सम्मेलन सोमबार सकिएको हो ।

सम्मेलनको दसौँ तथा अन्तिम सत्रका सहभागीहरूले ’इनोभेटिभ सोलुसन्सः फाइनान्सिङ फर नेचर’ विषयमा छलफल गरेका थिए । छलफलमा कृषि विकास बैंकका नायव महाप्रबन्धक बाबुकाजी थापाले हरित वित्त र पर्यावरण संरक्षण आर्थिक लाभको नयाा एकीकृत वित्तीय ढाँचा भएको बताउनु भयो ।

नेपालका बैंक तथा वित्तीय संस्थाले कृषि र वनमा आधारित उद्यममा केन्द्रीत रही हरित वित्तलाई बढावा दिने उपायमा काम गर्नुपर्ने उहाँको भनाइ थियो । ‘नेपालको कृषि क्षेत्र जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ । फलस्वरूप, बैंकहरू वनमा आधारित र कृषिसाग सम्बन्धित उद्यमहरूमा लगानी गर्न हिचकिचाउँछन् ’ उहाँले भन्नु भयो ।

न्यूनतम लगानी र अनुकूल नीतिको अभावका कारण लक्ष्य प्राप्तिमा बाधा पुगेको उहाँको भनाइ छ । अक्सिजनका प्रमुख कार्यकारी अधिकृत सिद्धान्तराज पाण्डेले नेपालमा साना तथा मझौला उद्योगको वृद्धिले नेपाली जनताको जीविकोपार्जनमा परिवर्तन ल्याएको र राष्ट्रिय अर्थतन्त्रको बलियो खम्बा बनेको उल्लेख गर्नु भयो ।

विश्व बैंकका निजी क्षेत्रका प्रमुख विशेषज्ञ नताशा कपिलले साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनु भयो । उर्जा किफायती प्रविधि अपनाउनुपर्नेमा उहाँको जोड थियो ।

The post एसिकको ३६ औं सम्मेलन सम्पन्न first appeared on Khabar Breaking.

  • Related Posts

    ११ जुवाडे पक्राउ

    २७असोज, दाङ । दाङमा ११ जुवाडे पक्राउ परेका छन्। दंगीशरण गाँउपालिका वडा नम्बर ३ रावत गाँउबाट शनिबार राति साढे दश बजेतिर एक लाख बढी रकमसहित ११ जुवाडे पक्राउ परेका हुन्।…

    Read more

    आज पनि दसैँको टीका लगाईँदै

    २७ असोज, काठमाडौं । विजया दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज पनि दसैँको टीका लगाउँदैछन्। बडादसैँको टीका दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक…

    Read more

    Leave a Reply

    You Missed

    ११ जुवाडे पक्राउ

    • By
    • October 13, 2024
    • 15 views

    आज पनि दसैँको टीका लगाईँदै

    • By
    • October 13, 2024
    • 13 views

    Profile and Interviews: LIVE🔴 सुबह शाम 5 मिनट ये सुनें..मन शांत रहेगा../ Meditation Bk Yog / Guided meditation

    Profile and Interviews: गोरखनाथ,गोर्खा र पृथ्वीनारायण #podcast with Binu pokhrel, ft. Balabhadranath #motivation #culture

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    • By
    • October 11, 2024
    • 18 views

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    • By
    • October 11, 2024
    • 20 views