एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

१ कात्तिक, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ३० औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । उक्त्त अवसरमा बैंकको प्रधान कार्यालय, लाजिम्पाटमा रक्तदान तथा बैंकमा लामो समयसम्म सेवा गर्ने कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा कदर पत्र वितरण गरिएको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम घोषणासमेत गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, वातावरण संरक्षण, संस्कृति प्रवद्र्धनलगायतका क्षेत्रहरुमा सहयोग तथा परोपकारी कार्य गर्दै आइरहेको छ । ३०औं वार्षिकोत्सवको अवसरमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाई भवन निर्माण कार्यका लागि बैंकको तर्फबाट एक करोडको आर्थिक सहयोग गरेको छ ।

उक्त कार्यक्रममा एभरेष्ट बैंकका सञ्चालक समितिका अध्यक्ष बालगोपाल वैद्य र प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्तरुपमा अस्पतालका अध्यक्ष प्राडा भगवान कोइरालालाई उक्त चेक हस्तान्तरण गर्नुभयो । यसबाट अस्पताल निर्माणमा थप टेवा पुग्ने र बालबालिकाहरुले सुलभ तथा गुणस्तरीय स्वास्थ सेवा प्राप्त गर्ने बैंकले विश्वास लिएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत नै बैंकले नेपाल रेडक्रस सोसाइटी, बागबजार काठमाडौंकोे सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा बैंकका कूल ४८ जना कर्मचारीले रक्तदान गरेका छन् ।

पंजाब नेशनल बैंक भारतसँगको संयुक्त लगानीमा स्थापित एभरेष्ट बैंक स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइमा रहेको छ । करिब १४ लाख ग्राहक संख्या रहेको एभरेष्ट बैंकका देशभर १२९ शाखा कार्यालय, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु र १६७ एटिएम मेशीनसहित विश्वब्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले विभिन्न ३२ स्थानबाट नेपाल सरकारको राजस्व संकलन कार्यसमेत गर्दै आइरहेको छ ।

The post एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न first appeared on Khabar Breaking.

  • Related Posts

    सरकारले बजारमा गहुँको माग बढेसँगै भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने

    २ कार्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चाडपर्वका बेला अनावश्यक सञ्चय गरी कृत्रिम अभाव सिर्जना गर्ने, अनुचित नाफा लिए कारबाही गरिने बताउनु भएको छ । सर्वसाधारण…

    Read more

    मन्त्रिपरिषद्को बैठक बस्दै

    २ कार्तिक, काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज साँझ ५ बजे बस्दै छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने बैठक साँझ ५ बजेका लागि बोलाइएको छ। बैठकमा टीआरसी गठनका…

    Read more

    Leave a Reply

    You Missed

    सरकारले बजारमा गहुँको माग बढेसँगै भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने

    • By
    • October 18, 2024
    • 0 views

    मन्त्रिपरिषद्को बैठक बस्दै

    • By
    • October 18, 2024
    • 0 views

    सरकारले जनताको राहत र पुनःस्थापनाका लागि पहिलो पहल गर्नुपर्छः रामहरी खतिवडा

    • By
    • October 17, 2024
    • 10 views

    एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

    • By
    • October 17, 2024
    • 10 views

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोष्टिक नेपालमा १५ प्रतिशत छुट

    • By
    • October 17, 2024
    • 9 views

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड भन्दा बढी जम्मा

    • By
    • October 17, 2024
    • 8 views