
एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषद बीच एकता हुँदै
काठमाडौं पुष १५ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषद नेपालबीच पार्टी एकीकरण हुने भएको छ । एकीकृत समाजवादीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार उनीहरूबीच भोलि शुक्रबार दिउँसो १ बजे पार्टी एकता कार्यक्रम हुने भएको हो । एकता कार्यक्रम काठमाडौंको होटल अर्यालमा हुने भएको छ ।
यसअघि गत पुस १३ गते नेकपा एकीकृत समाजवादी र नेकपा जनवादी पार्टीबीच एकता भएको थियो । एमालेबाट अलग्गिएर माधव नेपालले बनाएको नेकपा एकीकृतसँग माओवादीबाट अलग्गिएर देवेन्द्रसिंह महता नेतृत्वको नेकपा जनवादीबीच मंगलबार एकीकरण भएको थियो ।