आजदेखि अग्रिम टिकट बुकिङ खुला

फाइल तस्बिर
१२ असोज,काठमाडौं । सरकारले दसैँका लागि लक्षित गरी आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । काठमाडौँबाट चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरेको हो ।

घटस्थापना आउन पाँच दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुको भीड लागेको छ । शुक्रबारदेखि नै मुलुकको सङ्घीय राजधानी काठमाडौँसहित देशभर अविरल वर्षासमेत भएकाले बिहानैदेखि छाता ओढेर यात्रु टिकट काट्न लाइनमा बसेका छन् ।

अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड लागेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले आज बिहान ६ बजेदेखि नै अग्रिम टिकट बुकिङ खुला भएको बताए ।

हरेक वर्ष दसैँ मनाउनका लागि राजधानी काठमाडौँबाट २० लाखको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन् । सरकारले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि छोटो दूरीका सवारीसाधनको टिकट भने घटस्थापनाबाट खुल्नेछ ।

The post आजदेखि अग्रिम टिकट बुकिङ खुला first appeared on Khabar Breaking.

  • Related Posts

    ११ जुवाडे पक्राउ

    २७असोज, दाङ । दाङमा ११ जुवाडे पक्राउ परेका छन्। दंगीशरण गाँउपालिका वडा नम्बर ३ रावत गाँउबाट शनिबार राति साढे दश बजेतिर एक लाख बढी रकमसहित ११ जुवाडे पक्राउ परेका हुन्।…

    Read more

    आज पनि दसैँको टीका लगाईँदै

    २७ असोज, काठमाडौं । विजया दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज पनि दसैँको टीका लगाउँदैछन्। बडादसैँको टीका दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक…

    Read more

    Leave a Reply

    You Missed

    ११ जुवाडे पक्राउ

    • By
    • October 13, 2024
    • 14 views

    आज पनि दसैँको टीका लगाईँदै

    • By
    • October 13, 2024
    • 12 views

    Profile and Interviews: LIVE🔴 सुबह शाम 5 मिनट ये सुनें..मन शांत रहेगा../ Meditation Bk Yog / Guided meditation

    Profile and Interviews: गोरखनाथ,गोर्खा र पृथ्वीनारायण #podcast with Binu pokhrel, ft. Balabhadranath #motivation #culture

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    • By
    • October 11, 2024
    • 17 views

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    • By
    • October 11, 2024
    • 19 views