काठमाडौँ । श्रमज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २४औं बार्षिक साधारणसभा तथा २५औं वार्षिकोत्सब शनिबार (१५ मंसिर )सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष तिर्थराज न्यौपानेको सभापतित्व तथा नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले संस्थाका अध्यक्ष न्यौपानेद्वारा प्रस्तुत समीक्षा आर्थिक वर्ष २०८०/८१ को बार्षिक प्रतिबेदन छलफल र सुझावसहित पारित गरेको छ । त्यस्तै ,साधारणसभाले लेखा सुपरिवेक्षण प्रतिबेदन, आव २०८०/०८१ को वित्तिय विवरणहरुको साथमा आव २०८१/०८२ को बार्षिक बजेट तथा कार्यक्रम पारित गरेको छ ।
समीक्षा आर्थिक वर्षमा यस सहकारीको शेयर पूँजी रु. १० करोड १३ लाख ५७ हजर रुपैयाँ हुँदा जगेडा कोष ८ करोड ३९ लाख ९० हजार रुपैयाँको रहन गएको छ । निक्षेपतर्फ १ अर्व ५ करोड ५४ लाख ८२ हजार रुपैयाँ भएको छ भने कर्जा सापट ८६ करोड ३६ लाख ४४ हजार रुपैयाँ भइ विविध कारोबार गरी चालु आवमा सस्थाले १ अर्व ३३ करोड १७ लाख ६६ हजार रुपैयाँको कुल कारोबार गर्न सफल भएको छ ।
संस्थाको खुद मुनाफा रु. २ करोड ८३ लाख रहेको छ।
The post first appeared on Khabar Breaking.