KhabarBreaking.com: सीजी मोटर्सले गर्‍यो हिरोका नयाँ मोडेल सार्वजनिक; एसेम्बली  प्लान्टको पनि  उ‌द्घाटन

काठमाडौं । हिरो मोटोकर्पले नेपालका लागि आफ्नो आधिकारिक वितरक सीजी मोटर्सको  सहकार्यमा आफ्नो व्यवसायीक योजना घोषणा गर्नुका साथै नेपालमा एसेम्बली  प्लान्टको पनि  उ‌द्घाटन गरेको छ  । हिरो मोटोकर्प मोटरसाइकल र स्कुटरको प्रमुख उत्पादनकर्ता कम्पनी हो।

यही बैशाख ९ गते आइतबार एक भव्य कार्यक्रमका बीच हिरो मोटोकर्पले आफ्ना चार विश्वव्यापी उत्पादनहरू – Xpulse 200 4V, Super Splendor, Splendor+ मोटरसाइकल नेपाली  बजारमा ल्याएको हो ।

स्थानीय रूपमै एसेम्बल गर्ने यस प्लान्टको क्षमता वार्षिक ७५००० र यसले नवलपरासी क्षेत्रमा नयां रोजगारीका अवसरहरू सिर्जना गर्नेछ । सीजी मोटर्सले बढ्‌दो ग्राहक संख्यालाई ध्यानमा राख्दै सर्भिस सेन्टरको पनि छिटो  विस्तार गर्ने जनाएको छ ।

यस सहकार्यको बारेमा आफ्नो राख्दै हिरो मोटोकर्पको ग्लोबल युनिटका चिफ बिजनेस अफिसर सञ्जय भानले भने, ‘हिरो मोटोकर्प विश्वभरका ग्राहकहरूलाई विश्वस्तरीय उत्पादनहरू र अनुभवहरू प्रदान गर्न प्रतिबद्ध छ र सीजी मोटर्ससँगको सहकार्य निकै महत्त्वपूर्ण छ ।’

त्यस्तै चौधरी ग्रुपका प्रबन्धक निर्वाण चौधरीले भने, ‘सीजी मोटर्सका लागि यो एकदमै विशेष योजना हो । हामी हाम्रो सुविधाको उ‌द्घाटन गर्न र यी उत्पादनहरू लन्च गर्न पाउँदा उत्साहित छौं ।’

सीजी मोटर्सले काठमाडौंमा  प्रमुख तथा फ्ल्यागशिप शोरुम संचालनमा ल्याएको छ । साथै, आगामी तीन महिनाभित्र १०० भन्दा बढी सेल्स सर्भिस आउटलेटहरू खोल्ने कम्पनीले जनाएको छ।

The post सीजी मोटर्सले गर्‍यो हिरोका नयाँ मोडेल सार्वजनिक; एसेम्बली  प्लान्टको पनि  उ‌द्घाटन first appeared on Khabar Breaking.

 

काठमाडौं । हिरो मोटोकर्पले नेपालका लागि आफ्नो आधिकारिक वितरक सीजी मोटर्सको  सहकार्यमा आफ्नो व्यवसायीक योजना घोषणा गर्नुका साथै नेपालमा एसेम्बली  प्लान्टको पनि  उ‌द्घाटन गरेको छ  । हिरो मोटोकर्प मोटरसाइकल र स्कुटरको प्रमुख उत्पादनकर्ता कम्पनी हो।
यही बैशाख ९ गते आइतबार एक भव्य कार्यक्रमका बीच हिरो मोटोकर्पले आफ्ना चार विश्वव्यापी उत्पादनहरू – Xpulse 200 4V, Super Splendor, Splendor+ मोटरसाइकल नेपाली  बजारमा ल्याएको हो ।
स्थानीय रूपमै एसेम्बल गर्ने यस प्लान्टको क्षमता वार्षिक ७५००० र यसले नवलपरासी क्षेत्रमा नयां रोजगारीका अवसरहरू सिर्जना गर्नेछ । सीजी मोटर्सले बढ्‌दो ग्राहक संख्यालाई ध्यानमा राख्दै सर्भिस सेन्टरको पनि …
The post सीजी मोटर्सले गर्‍यो हिरोका नयाँ मोडेल सार्वजनिक; एसेम्बली  प्लान्टको पनि  उ‌द्घाटन first appeared on Khabar Breaking. 

 

अर्थ 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    ६ पुष ,काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । आज शनिबार भएको फाइनल खेलमा ओपनर  लाहिरु मिलन्थाको उत्कृष्ट ब्याटिङ सङ्गै जनकपुरले सुदूरपश्चिम…

    Read more

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले  आफ्नो स्थापनाको २५औं  वार्षिकोत्सव आगामी माघ ४ गते विशेष कार्यक्रमसहित मनाउने जानकारी दिएको छ। इप्पानले ‘लिडिङ द इनर्जी प्रस्पोरेटी’ भन्ने नारासहित ‘इप्पान…

    Read more

    You Missed

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 11 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    • By
    • December 20, 2024
    • 15 views

    एक्टिभ सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभको २०औं साधारणसभा सम्पन्न

    • By
    • December 20, 2024
    • 15 views

    Profile and Interviews: Why me???

    महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी

    • By
    • December 19, 2024
    • 13 views

    राष्ट्र बैंकको नीतिगत व्यवस्थामा समयानुकूल समीक्षा हुन्छ: गभर्नर

    • By
    • December 19, 2024
    • 14 views