८ जेष्ठ, काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको बैठक शुरू भएको छ । सिंहदरबारमा मंगलबार बिहान कार्य दलको बैठक शुरू भएको हो । यसअघि सोमबार बस्ने भनिएको बैठक बस्न सकेको थिएन ।
गत शनिबार बसेको शीर्ष नेताहरूको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गरेको थियो । त्यसको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलको संयोजकमा कानुनमन्त्री पदम गिरी छन् । सदस्यहरूमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल छन् ।
संसदीय छानबिन समितिको कार्यादेशका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिल्न सकेको छैन । नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गरी उनी मुछिएको सहकारी संस्थामा पनि छानबिन गर्नुपर्ने अडानमा छ भने एमाले र रास्वपा त्यो कुरामा सहमत भएका छैनन् ।
The post सिंहदरबारमा कार्यदलको बैठक first appeared on Khabar Breaking.
८ जेष्ठ, काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको बैठक शुरू भएको छ । सिंहदरबारमा मंगलबार बिहान कार्य दलको बैठक शुरू भएको हो । यसअघि सोमबार बस्ने भनिएको बैठक बस्न सकेको थिएन ।
गत शनिबार बसेको शीर्ष नेताहरूको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गरेको थियो । त्यसको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलको संयोजकमा कानुनमन्त्री पदम गिरी छन् । सदस्यहरूमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल छन् ।
संसदीय छानबिन …
The post सिंहदरबारमा कार्यदलको बैठक first appeared on Khabar Breaking.
देश, समाचार
Khabar Breaking