KhabarBreaking.com: नयाँ वर्षको शुभकामना व्यक्त गर्दै गृहमन्त्री रविले भने- नागरिकको सुरक्षामा कुनै सम्झौता हुन्न

१ बैशाख ,काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सबै नेपालीलाई नयाँ वर्ष २०८१ को शुभकामना दिँदै  नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने प्रतिबद्धता जनाएका  छन् । आज नयाँ वर्षको अवसरमा काठमाडौँको थापाथलीस्थित सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग नयाँ वर्षको अवसरमा खुसीयाली साटासाट गर्न पुगेका उनले यस्तो बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेले सडकमा सर्वसाधारण तथा प्रहरीबीच  मिठाई बाँडेर नयाँ वर्षको  शुभकामना प्रदान गरे।

गृहमन्त्री रविले जनताका सबै किसिमका गुनासाहरू यथोचित ढङ्गबाट समाधान हुने प्रतिबद्धता जनाए । उनले कर्मचारीहरूमाथि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह बिना नै काम गर्ने वातावरण बनाइने पनि  बताए ।  काठमाडौँ सहरलाई चलायमान र क्रियाशील बनाउन नयाँ वर्षबाट २४ सै घण्टा दरबार मार्ग र ठमेल क्षेत्र सञ्चालन गर्न लागिएको बताए । काठमाडौँ जिउँदो, जाग्दो सहर बनाउन आफूले काम गरिरहेको उनले जनाए ।

प्रहरीको मनोबल बढाउने र प्रहरी प्रशासन सुधारको काम अझ अघि बढाउनका लागि नयाँ वर्षको दिनमा खुसीयाली साटासाट गर्न आफू सडकमा आएको गृहमन्त्री रविले  बताए ।

The post नयाँ वर्षको शुभकामना व्यक्त गर्दै गृहमन्त्री रविले भने- नागरिकको सुरक्षामा कुनै सम्झौता हुन्न first appeared on Khabar Breaking.

 

१ बैशाख ,काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सबै नेपालीलाई नयाँ वर्ष २०८१ को शुभकामना दिँदै  नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने प्रतिबद्धता जनाएका  छन् । आज नयाँ वर्षको अवसरमा काठमाडौँको थापाथलीस्थित सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग नयाँ वर्षको अवसरमा खुसीयाली साटासाट गर्न पुगेका उनले यस्तो बताएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेले सडकमा सर्वसाधारण तथा प्रहरीबीच  मिठाई बाँडेर नयाँ वर्षको  शुभकामना प्रदान गरे।
गृहमन्त्री रविले जनताका सबै किसिमका गुनासाहरू यथोचित ढङ्गबाट समाधान हुने प्रतिबद्धता जनाए । उनले कर्मचारीहरूमाथि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह बिना …
The post नयाँ वर्षको शुभकामना व्यक्त गर्दै गृहमन्त्री रविले भने- नागरिकको सुरक्षामा कुनै सम्झौता हुन्न first appeared on Khabar Breaking. 

 

देश, प्रशासन, मुख्य समाचार, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    ६ पुष ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निकासी भएको जनाएको छ । चालू आवको साउन,…

    Read more

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १०औं र ११औं वार्षिक साधारणसभा एकैसाथ पुष ५ गते सम्पन्न गरेको छ। काठमाडौंमा सम्पन्न साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदनहरु सर्वसम्मत रुपमा…

    Read more

    You Missed

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    • By
    • December 22, 2024
    • 6 views

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    • By
    • December 22, 2024
    • 6 views

    आज सुनचाँदीको मूल्य बढ्यो

    • By
    • December 22, 2024
    • 6 views

    एमालेले बोलायो सचिवालय बैठक

    • By
    • December 22, 2024
    • 6 views

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 11 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    • By
    • December 20, 2024
    • 15 views