KhabarBreaking.com: उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिकोत्सवमा प्रधानमन्त्री दाहालको सम्बोधन

२८ चैत , काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सन २०३० सम्म दिगो विकासको लक्ष्य भेट्टाउन सरकार र निजी क्षेत्रको समन्वयमा  लगानी गर्नु पर्ने बताएका छन् । उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै सन २०२६ मा विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति हुनका लागि समेत सरकार र निजी क्षेत्र मिलेर लगानी गर्नुको विकल्प नरहेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

महासंघको आज सम्पन्न हुँदै गरेको वार्षिकोत्सबको उद्घाटनमा प्रधानमन्त्री दाहालले  यस्तै लगानीको वातावरण सुधार गर्नका लागि बैशाखमा सरकारले लगानी सम्मेलन आयोजना गर्न लागेको  बताए । लगानी सम्मेलनमार्फत स्वदेशी र विदेशी लगानीकर्तालाई लगानीका लागि आकर्षण गर्न एकै पटक १२ वटा कानुन संशोधन गर्न लागेको उनको भनाई छ ।

दाहालले सम्भव भएमा सांसदबाट र नभए अध्यादेशमार्फत नै कानुनी व्यवस्था सुधार गरेर लगानीको  ढोका खोल्नतर्फ ध्यान केन्द्रित गरेको बताएका छन्  । यसो हुँदा उद्योगी व्यवसायीको मनोबल थप बढ्ने र विदेशी लगानीकर्ता समेत आकर्षित बनेर लगानी बढ्ने छ ।

‘यसबाहेक , पुँजिगत खर्च बढाउँदै निजी क्षेत्रको मनोबल बढाउनमा सरकार सम्पूर्ण ध्यान केन्द्रित गरेको छ’, प्रधानमन्त्री दाहालले भने, ‘निजी क्षेत्रसँग समन्वय गरेर लगानी बिस्तार गर्न सर्कार तयार छ ।’ यस्तै महासङ्घले सरकार समक्ष राखेको अपेक्षा पुर गर्नतर्फ लाग्ने दाहालको भनाई छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले निर्वाध काम गर्न नपाउँदा मुलुकको आर्थिक वृद्धिदर खस्किएको बताएका छन् । पछिल्लो  दुई वर्षमा न्युन आर्थिक वृद्धि हुनुको कारण निजी क्षेत्रले काम गर्न नपाउँनुको परिणाम रहेको अध्यक्ष ढकालले दाबी गरे।

अध्यक्ष ढकालले अर्थतन्त्रमा अझै समस्या छ भन्ने तथ्यलाई स्वीकारेर मात्र निकास खोज्न सजिलो हुने बताए । ‘करिब दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर त्यसको निदान नगर्दा समस्या झन् बल्झिँदै गएको हो’ उनले भने ‘निजी क्षेत्रले त रोगको पहिचान गरेरै बारम्बार औषधि सिफारिस गरेको हो । यसमा राज्यको सम्बद्ध पक्षले ध्यान दिएन ।’

The post उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिकोत्सवमा प्रधानमन्त्री दाहालको सम्बोधन first appeared on Khabar Breaking.

 

२८ चैत , काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सन २०३० सम्म दिगो विकासको लक्ष्य भेट्टाउन सरकार र निजी क्षेत्रको समन्वयमा  लगानी गर्नु पर्ने बताएका छन् । उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै सन २०२६ मा विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति हुनका लागि समेत सरकार र निजी क्षेत्र मिलेर लगानी गर्नुको विकल्प नरहेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।
महासंघको आज सम्पन्न हुँदै गरेको वार्षिकोत्सबको उद्घाटनमा प्रधानमन्त्री दाहालले  यस्तै लगानीको वातावरण सुधार गर्नका लागि बैशाखमा सरकारले लगानी सम्मेलन आयोजना गर्न लागेको  बताए । लगानी सम्मेलनमार्फत स्वदेशी र विदेशी लगानीकर्तालाई लगानीका लागि आकर्षण गर्न …
The post उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिकोत्सवमा प्रधानमन्त्री दाहालको सम्बोधन first appeared on Khabar Breaking. 

 

अर्थ, मुख्य समाचार, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा जारी

    ७ कार्तिक , काठमाडौं । समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा  सुरु भएको छ । नेपाल बीमा प्राधिकरण, नेपाल बीमक सङ्घ, जीवन बीमक सङ्घ र नेपाल माइक्रो इन्स्योरेन्स एसोसिएसनद्वारा म्युनिख री…

    Read more

    नयाँपाटी साकोसले दियो ६% लाभांश; वासलातमा ७.१९% को वृद्धि

    काठमाडौं । नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २६औं वार्षिक साधारणसभा सम्पन्न गर्दै शेयर सदस्यहरुलाई आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफाबाट ६ प्रतिशत नगद लाभांश प्रदान गरेको छ।…

    Read more

    You Missed

    समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा जारी

    • By
    • October 23, 2024
    • 12 views

    नयाँपाटी साकोसले दियो ६% लाभांश; वासलातमा ७.१९% को वृद्धि

    • By
    • October 23, 2024
    • 11 views
    नयाँपाटी साकोसले दियो ६% लाभांश; वासलातमा ७.१९% को वृद्धि

    एक सय आठ जना कर्मचारी माग (सूचनासहित)

    • By
    • October 23, 2024
    • 9 views
    एक सय आठ जना कर्मचारी माग  (सूचनासहित)

    खानेपानीमन्त्री यादवका सय दिन, यस्ता छन उपलव्धि

    • By
    • October 22, 2024
    • 8 views

    बाजेको सेकुवा कारबाहीमा

    • By
    • October 22, 2024
    • 8 views

    सरकारले पुर्वाग्रह राखेर विपक्षी नेतालाई पक्राउ गर्यो: दाहाल

    • By
    • October 22, 2024
    • 8 views