KhabarBreaking.com: एम. ए. डब्लू. हायर पर्चेजका ग्राहकका लागि ट्रेण्डसेटिंग मोबाइल एप

६ जेठ , काठमाडौं । एम. ए. डब्लू. हायर पर्चेज कम्पनीले आफ्ना ग्राहकका कर्जा भुक्तानी लगायत सुविधाका लागि ‘मोबाइल एप’ को सार्वजनिक गरेको छ। कम्पनीले ग्राहकको सुविधाको लागि ‘एमएचपीएल एप’ को शुरूवात गरेको हो।

काठमाडौँमा आज आयोजित एक औपचारिक कार्यक्रममा एमएडब्लू ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक श्री विष्णु अग्रवाल र एमएचपिलएलका महप्रबन्धक श्री प्राणनाथ भट्टराईले ‘एमएचपीएल एप’को सुरुवात गरेका हुन् ।

कार्यक्रममा प्रबन्ध निर्देशक अग्रवालले एम. ए. डब्लू. हायर प्रचेज कम्पनीले नेपालमै पहिलोपटक यस्तो एपको शुरूवात गरेको बताए । उनले आजको व्यस्त समयमा ग्राहक वर्गलाई कम भन्दा कम समयमै सुविधाजनक भुक्तानीको विकल्प प्रदान गर्ने बताए ।

“एमएचपीएलमा हामी हाम्मा ग्राहकहरुका लागि निरन्तर रुपमा सुविधाहरु बढाउन हरसम्भव प्रयास गर्दै आएका छौं। आजको ‘एमएचपीएल एप’ अनावरण हामीलाई हाम्रा ग्राहकसँग अझै बढी डिजिटल र प्रभावकारी ढंगले जोडिनका लागि एउटा कोसेढुंगा सावित भएको छ। एमएचपीएल एप मार्फत् अब ग्राहकहरुले आफ्ना कारोबारको रियल टाइम इनसाइटहरु प्राप्त गर्न सक्नेछन्। यो त केवल सुरुवात हो; हामी बजारको मागलाई सम्बोधन गर्दै एपका सुविधाहरुलाई अझै समृद्ध बनाउन निरन्तर प्रतिबद्ध छौं” एमएचपीएलका महानिर्देशक प्राणनाथ भट्टराईले उक्त कार्यक्रममा भने।

आजको डिजिटल युगमा हरेक उ‌द्योगका लागि अपरिहार्य आवश्यकता बन्दै गएको इनोभेसन र प्राविधिक विकासलाई उपयोग गर्दै ग्राहकलाई सुविधा प्रदान गर्नु कम्पनीको उद्देश्य रहेको कम्पनीले जनाएको छ। लेनदेनमा आवश्यक पारदर्शिता, सुरक्षित र सुविधाजनक किस्ता भुक्तानी प्रणाली, रियल-टाइम सेटलमेन्ट र नोटिफिकेसनका साथै अन्य धेरै सुविधाहरु ‘हायर पर्चेज’ क्षेत्रका ग्राहकहरूका प्रदान गर्न ‘एमएचपीएल एप’ एउटा कोसाढुंगा हुने कम्पनीको विश्वास रहेको छ ।

‘एमएचपीएल’ एपको सुरुवात भएसँगै अब ग्राहकहरुका लागि कर्जा भुक्तानीको कारोबार डिजिटल रुपमा गर्नका लागि एक सुविधाजनक विकल्प उपलब्ध हुनेछ। अब आफ्नो कर्जाको अवस्था जान्नका लागि ग्राहकहरुले भौतिक रुपमै उपस्थित हुनुपर्ने पुरानो बाध्यता पनि हट्‌ने छ। एमएचपीएलले गहिरो अध्ययन र उपभोक्ताहरुको आवश्यकतालाई ध्यानमा राखी यो एप ल्याएको हो।

‘ एमएचपीएल एप’ मा निम्नलिखित सुविधाहरु उपलब्ध हुनेछन् –

-कर्जा विवरणहरुको जानकारी र बाँकी सावा रकम को भुक्तानी तालिका एपभित्र सुरक्षित र सुविधाजनक ईएमआई भुक्तानीका विद्युत्तिय विकल्पहरु उपलब्ध

-कर्जा अवस्थाको जानकारीको रियल टाइम नोटिफिकेसनहरु

-झन्झटमुक्त अनुभवका लागि युजर-फ्रेन्डली इन्टरफेस

‘एमएचपीएल’ एमएडब्लू ग्रुप‌द्वारा प्रवर्धित र नेपाल राष्ट्र बैंक‌द्वारा इजाजत प्राप्त हायर-पर्चेज क्षेत्रको एक चिरपरिचित नाम भएको र कम्पनीले देशभरका ३० हजारभन्दा बढी ग्राहकहरुलाई आफ्नो सेवा प्रदान गरिसकेको कम्पनीले जनाएको छ। यसले हालसम्म आफ्नो व्यापक संजाल मार्फत् नेपालभर कुल १० अर्ब १९ करोड रुपैयाँको कर्जा प्रवाह गरिसकेको छ।

एमएचपीएलले दुई पाङ्ग्रे सवारीसाधन, ईभी र फोसिल फ्यूल लाग्ने दुवैखाले अटोमोबाइलहरू, सेकेण्ड ह्याण्ड कारहरू, व्यापारिक सवारीसाधनहरु (इभी र फोसिल फ्यूल इन्धन) र कृषि उपकरणहरुलाई ऋण उपलब्ध गराउने संस्थाले जनाएको छ। यसबाट देशको अर्थतन्त्रलाई अगाडि बढाउन मद्दत पुग्ने र स्वरोजगारको सिर्जना हुने कम्पनीले विश्वास लिएको छ।

The post एम. ए. डब्लू. हायर पर्चेजका ग्राहकका लागि ट्रेण्डसेटिंग मोबाइल एप first appeared on Khabar Breaking.

 

६ जेठ , काठमाडौं । एम. ए. डब्लू. हायर पर्चेज कम्पनीले आफ्ना ग्राहकका कर्जा भुक्तानी लगायत सुविधाका लागि ‘मोबाइल एप’ को सार्वजनिक गरेको छ। कम्पनीले ग्राहकको सुविधाको लागि ‘एमएचपीएल एप’ को शुरूवात गरेको हो।
काठमाडौँमा आज आयोजित एक औपचारिक कार्यक्रममा एमएडब्लू ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक श्री विष्णु अग्रवाल र एमएचपिलएलका महप्रबन्धक श्री प्राणनाथ भट्टराईले ‘एमएचपीएल एप’को सुरुवात गरेका हुन् ।
कार्यक्रममा प्रबन्ध निर्देशक अग्रवालले एम. ए. डब्लू. हायर प्रचेज कम्पनीले नेपालमै पहिलोपटक यस्तो एपको शुरूवात गरेको बताए । उनले आजको व्यस्त समयमा ग्राहक वर्गलाई कम भन्दा कम समयमै सुविधाजनक भुक्तानीको विकल्प …
The post एम. ए. डब्लू. हायर पर्चेजका ग्राहकका लागि ट्रेण्डसेटिंग मोबाइल एप first appeared on Khabar Breaking. 

 

अर्थ, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    २ माघ ,काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको तुलनामा यो ६३ अर्बको र प्रतिशतका आधारमा १३…

    Read more

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १७औं वार्षिक साधारणसभा सम्पन्न गर्दै समीक्षा आर्थिक वर्ष २०८०/८१ को  चुक्ता पूँजी रु. १ अर्ब ३५.१५ करोडको ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर…

    Read more

    You Missed

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    सहकारी संस्थाले सन्दर्भ ब्याजदरको आधारमा बचत र ऋणको ब्याजदर निर्धारण गर्नुपर्ने प्रस्ताव

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    शारीरिक र मानसिक स्वास्थ्यका लागी योग आवश्यक: प्रधानमन्त्री