KhabarBreaking.com: ऋण लिएर तिर्दैन भन्न मिल्दैनः मन्त्री चौधरी

४ जेठ, इटहरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क तथा वित्तीय संस्थाहरूको ऋण लिएर तिर्दैन भन्न नमिल्ने बताएकी छिन । फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औँ वार्षिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन ।

केही व्यक्तिहरूले ऋण मिनाहाको कुरा उठाएर ऋणीहरूलाई उक्साउने काम गरेको भन्दै उनले त्यो असम्भव कुरा भएको बताइन । दुर्गा प्रसाईँ, मणिराम ज्ञवाली जस्ता व्यक्तिहरूले गलत अभियान लिएर अगाडि बढेको भन्दै मन्त्री चौधरीले यसले ऋणीहरूलाई झन् समस्यामा पार्ने बताइन ।

यस्ता खाले गतिविधिले मुलुकको अर्थतन्त्रलाई ध्वस्त बनाउने भन्दै उनले सही तरिकाले कसरी समस्या समाधान गर्ने भन्ने कुरा लिएर अगाडि बढ्नुपर्ने बताइन । देशभर ५९ लाख व्यक्तिहरू लघुवित्तमा आबद्ध रहेको भन्दै मन्त्री चौधरीले केही व्यक्तिहरूले चर्चाका निम्ति ऋण मिनाहाको माग लिएर हिँडिरहेको बताइन ।

लघुवित्तमा केही कमीकमजोरी भएको भन्दै उनले सबै लघुवित्तहरू राम्रा नभए पनि संस्थाभित्र रहेका कमीकमजोरीहरूका विषयमा संस्थाको भेला, बैठकहरूमा केही सहुलियत दिनुस् भनेर माग गर्नु स्वाभाविक कुरा रहेको बताइन ।

संस्थालाई कसरी जोगाउने भन्ने जिम्मेवारी सदस्यहरूको पनि भएको भन्दै उहाँले समस्या आएपछि समस्याको समाधान खोज्न अन्य उपायहरू खोज्न सकिने बताइन । वित्तीय संस्था तथा सहकारीको पैसा उठ्न नसकेको उनको भनाई थियो ।

The post ऋण लिएर तिर्दैन भन्न मिल्दैनः मन्त्री चौधरी first appeared on Khabar Breaking.

 

४ जेठ, इटहरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क तथा वित्तीय संस्थाहरूको ऋण लिएर तिर्दैन भन्न नमिल्ने बताएकी छिन । फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औँ वार्षिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन ।
केही व्यक्तिहरूले ऋण मिनाहाको कुरा उठाएर ऋणीहरूलाई उक्साउने काम गरेको भन्दै उनले त्यो असम्भव कुरा भएको बताइन । दुर्गा प्रसाईँ, मणिराम ज्ञवाली जस्ता व्यक्तिहरूले गलत अभियान लिएर अगाडि बढेको भन्दै मन्त्री चौधरीले यसले ऋणीहरूलाई झन् समस्यामा पार्ने बताइन ।
यस्ता खाले …
The post ऋण लिएर तिर्दैन भन्न मिल्दैनः मन्त्री चौधरी first appeared on Khabar Breaking. 

 

देश, मुख्य समाचार, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    ६ पुष ,काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । आज शनिबार भएको फाइनल खेलमा ओपनर  लाहिरु मिलन्थाको उत्कृष्ट ब्याटिङ सङ्गै जनकपुरले सुदूरपश्चिम…

    Read more

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले  आफ्नो स्थापनाको २५औं  वार्षिकोत्सव आगामी माघ ४ गते विशेष कार्यक्रमसहित मनाउने जानकारी दिएको छ। इप्पानले ‘लिडिङ द इनर्जी प्रस्पोरेटी’ भन्ने नारासहित ‘इप्पान…

    Read more

    You Missed

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 11 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    • By
    • December 20, 2024
    • 15 views

    एक्टिभ सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभको २०औं साधारणसभा सम्पन्न

    • By
    • December 20, 2024
    • 15 views

    Profile and Interviews: Why me???

    महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी

    • By
    • December 19, 2024
    • 13 views

    राष्ट्र बैंकको नीतिगत व्यवस्थामा समयानुकूल समीक्षा हुन्छ: गभर्नर

    • By
    • December 19, 2024
    • 14 views