नेताहरु वाम एकता गर्न किन सकिरहेका छैनन् ?

डा डी आर उपाध्याय

यति बेला प्रदेश र संघीय निर्वाचनको चर्चा सुरु हुन थालेको छ । राजनीतिक दलहरुका आ आफना बैठक पनि चलिरहेका छन । लोकतन्त्रमा चुनाव हुनु भनेको यो एउटा सुन्दर पक्ष हो । आगामी मंसिरमा प्रदेश सभा र संघीय संसद्को अवधि सकिँदैछ। त्यसैले राजनीतिक दलहरु चुनाव केन्द्रीत हुन थालेको देखिन्छ । स्थानीय तहको निर्वाचन सम्पन्न भैसकेको छ । स्थानीय चुनावमा काठमाडौं, जनकपुर, धरान, धनगढीलगायतमा स्वतन्त्र उम्मेदवारले शानदार जित हासिल गरे । स्वतन्त्र उम्मेदवारले शानदार जित हासिल गरेको परिणाम बाहिर आए पछि राजनीतिक दलहरु एका एक झस्किरहेका छन । राजनीतिक दलले खडा गरेका उम्मेदवारले भन्दा स्वतन्त्र उम्मेदवारले जित हासिल गर्दा जनतामा एक खालको हौसला बढेको छ । कारण के हो ?  राजनीतिक दलका नेताले सत्तामा पुगे पछि राम्रो र लोकप्रिय काम गर्न नसक्नुको परिणाम हो भनेर बुझदा हुन्छ ।
चुनाव खर्चिलो भयो । पैसा नहुने मान्छे चुनावमा उठन आँट नगर्ने अबस्था आयो । अबको राजनीति कसरी अघि बढछ चिन्ताको बिषय बनेको छ । चुनावी खर्च त धान्न नसकिने भयो । यसको अर्थ हो, दलका कार्यकर्ता खर्चिला भए । स्वतन्त्र उम्मेदवारहरूले प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा उम्मेदवार बन्ने संकेत देखिएको छ । लोकतन्त्रमा स्वतन्त्र उम्मेदवार बन्न पाइन्छ । तर जनताको मन जित्ने कुरा महत्वपूर्ण हो । जनताको मन जिते जित्न सकिन्छ । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनले यो कुरा प्रमाणित गरिसकेको छ । जनताले हाम्रा मान्छे भन्दा राम्रा मान्छे छानेर देखाएका छन । प्रदेश र प्रतिनिधिसभाका चुनावमा पनि जनताले हाम्रा भन्दा राम्रा मान्छे चुन्ने अनुमान गरिएको छ । सत्तारूढ दल अहिलेदेखि नै गठबन्धनको तयारीमा छन्। चुनाव सम्म गठबन्धन टिक्न सक्छ की सक्दैन अहिले यसै भन्न सकिने अबस्था भने छैन । उनीहरूका लागि राजनीतिक दल र तिनका नेताहरुलाई देशमा देखिएका तमाम समस्याका बारेका कुनै चिन्ता र चासो छैन । तर अहिले देखि नै मंसिरे चुनाव प्रमुख बनिसकेको छ। माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी आगामी चुनावमा पनि एक्लै चुनाव लडने आँट गरिरहेका छैनन् । गठबन्धन नै कायम राख्न खोजिरहेका छन । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरू गठबन्धनका लागि बढी नै सक्रिय देखिएका छन्। उनीहरू कांग्रेससहितको गठबन्धन बनाएर एमालेलाई सकेसम्म कमजोर बनाउने योजनामा छन्। वाम आन्दोलनलाई समाप्त गर्ने खेलमा नेताहरु आफै लागेको देखिन्छ । नेताहरु वाम एकता गर्न किन सकिरहेका छैनन् ?  माओवादी केन्द्र र एकीकृत समाजवादीले अब सोच्नु पर्छ । बाम बिचारधाराका बौद्धिक वर्गले यो बिषयमा किन बोल्दैनन् ?  सत्तास्वार्थसँग जोडिएको यो गठबन्धनको खास उद्देश्य के हो ?  नेकपा एमालेलाई कमजोर बनाउने खेलमा माधब, प्रचण्ड हात धोएर लागेका छन । पार्टी फुटाएर सत्ताको कुर्सीमा पुग्ने कुरा ठूलो होइन । देश र जनताको भबिश्य हेर्ने ठूलो कुरा हो । नेपालमा बढिरहेको कम्युनिस्ट जनमतलाई निराश पार्न, कम्युनिस्ट शक्तिलाई कमजोर बनाउन केहि शक्तिहरु लागिरहेका छन । नेपालका कम्युनिस्ट नेताहरुले यो कुरा बुझ्न जरुरी छ ।

  • Related Posts

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    ६ पुष ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निकासी भएको जनाएको छ । चालू आवको साउन,…

    Read more

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १०औं र ११औं वार्षिक साधारणसभा एकैसाथ पुष ५ गते सम्पन्न गरेको छ। काठमाडौंमा सम्पन्न साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदनहरु सर्वसम्मत रुपमा…

    Read more

    You Missed

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    • By
    • December 22, 2024
    • 9 views

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    • By
    • December 22, 2024
    • 11 views

    आज सुनचाँदीको मूल्य बढ्यो

    • By
    • December 22, 2024
    • 10 views

    एमालेले बोलायो सचिवालय बैठक

    • By
    • December 22, 2024
    • 8 views

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 12 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    • By
    • December 20, 2024
    • 15 views