बसोबास भएको ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने

 

काठमाडौं १ असार । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता खुला गरेको छ । आयोगले बुधबार (आज)बाट मतदाता नामावलीमा नाम दर्ता खुला गरेको हो । मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका र योग्यता पुगेका नेपाली नागरिकले नामावली दर्ता गर्न सक्नेछन् । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार देशका ७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिनेछ ।

यसैगरी, आफ्नो स्थायी ठेगाना रहेको जिल्लाबाहिर बसोवास रहेकाले समेत बसोबास रहेकै जिल्लाको निर्वाचन कार्यालय पुगेर नाम दर्ता गर्न सक्नेछन् । ‘७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिनेगरी आयोगले व्यवस्था गरेको छ ।

आफ्नो स्थायी ठेगानाभन्दा बाहिर बसोबास रहेकाहरूले समेत बसोबास रहेकै जिल्लाको निर्वाचन कार्यालय पुगेर नाम दर्ता गर्न सक्नेछन्,’ आयोगका सूचना अधिकारी अर्यालले भने । यसरी दर्ता गरिने नामावलीलाई भने आयोगले मतदाताको स्थायी ठेगाना रहेको जिल्लामा नै प्रणालीमार्फत पठाउनेछ ।

आयोगले १६ वर्ष उमेर पूरा भएका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न योग्य मान्दै आएको छ भने मतदानका लागि तोकिएको मितिमा १८ वर्ष उमेर पुगेको हुनुपर्नेछ । यसैगरी, पहिले दर्ता कायम भएका तर नामावलीमा त्रुटि भएकाले स्थायी ठेगाना भएका जिल्ला निर्वाचन कार्यालय गएर सच्याउन सक्नेछन् ।

त्यसका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालय नै जानुपर्नेछ । अथवा आयोगले इमेलमार्फत् पनि त्रुटि सच्याउन सकिने व्यवस्था गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

  • Related Posts

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    ६ पुष ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निकासी भएको जनाएको छ । चालू आवको साउन,…

    Read more

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १०औं र ११औं वार्षिक साधारणसभा एकैसाथ पुष ५ गते सम्पन्न गरेको छ। काठमाडौंमा सम्पन्न साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदनहरु सर्वसम्मत रुपमा…

    Read more

    You Missed

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    • By
    • December 22, 2024
    • 8 views

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    • By
    • December 22, 2024
    • 8 views

    आज सुनचाँदीको मूल्य बढ्यो

    • By
    • December 22, 2024
    • 8 views

    एमालेले बोलायो सचिवालय बैठक

    • By
    • December 22, 2024
    • 8 views

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 11 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    • By
    • December 20, 2024
    • 15 views