बिष्णु प्रसाद शर्मा,
राणा शासन कालमा अर्थात वि सं १९९७ अघि नेपालको अवस्था शासकिए रुपले धुँवाले ढाकिएको थियो भन्नेहरुबाटै वि। सं २०७८ सम्ममा अत्यधिक अन्धकार र अन्योलको अवस्थामा रुमालिइरहेको छ ।
राणा शासन बारबार देशलाई प्रजातान्त्रिक अवस्थामा लैजान श्री ५त्रिभुवनले आफ्नो ब्यायाम शिक्षक बडिबिल्लर धर्मभत्त माथेमा लगायतका नेपाली जनताको सहायताले आफ्ना राजनीतिक गतिविधीहरु अघि बढाई देश र जनताको हित गर्ने योजना तयार गर्दै गर्दा श्री ५ त्रिभुवनसँग गोप्य बैठक गरिरहेका प्रजापरिषद्का स्थापनाकार माथेमालाई पक्राउ गरिएको थियो र वि सं १९९७ माघ १२ गते काठमान्डौँको सिफलमा बकाइनाको रुखमा झुन्डाएर मृत्यु दण्ड दिइएको थियो । वि सं २०४६ साल पछिको प्रजातन्त्र ६३ पछिको लोकतन्त्र अर्थात लुट,आतंक, भ्रष्टाचार र अराजकतन्त्रले मुलुकको अस्मितालाई धक्का दिँदै आएको छ ।
कालो प्रजातन्त्रको नाममा कालो बादल र विदेशीहरुको सहयोग र मलजलले मौलाउँदै गर्दा आतंकको राजनीतिले प्रवेश पायो र दिल्लीमा १२ बुँदे सम्झौता गराइयो । हिन्दु अधिराज्य र राजसंस्था हटाउने भन्दा अरु भुटीभाङ केही हुन सकेन । २१ ह्जार भन्दा बढी होनहार युवाहरु विदेशको बालुवालाई मलजल गर्दै गर्दा उनीहरुको पिडा ब्यथा र रोदन मात्र होइन कतिपय बाकसमा बन्द भएर फर्किराख्नु भएको इतिहास हामीसँग साक्षीको रुपमा खडा रहेको छ ।
लौह पुरुषका नामले प्रख्यात प्रजातन्त्रको उदयपछि दलैबाट पछि हट्नु पर्ने अवस्थालाई गणेशमान सिंहले वी पी को उक्साहटमा राणकाली जेलबाट भागेर ढोरीको जङ्गल पुगेका थिए । तर राणाहरुले पक्राउ गरी ४० कोर्रा हानेर दिलमान र गणेशमानलाई तत्कालिन विशेष अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो । मृत्यु दण्डको कानुन नभएकोले राजाले त्यो फैसलालाई सदर गर्नुपर्ने र श्री ५त्रिभुवन समक्ष पेश हुँदा लालमोहरमा सहीछाप नगरेपछि उनीहरुको जीवन बाँचेको र ४६ सालपछि अपमानित भएर परमधाम हुनु परेको इतिहास हामीहरुले चश्मादित साक्षी खोजीरहनु पर्दैन होला ।
भारतले थोपरेको प्रजातन्त्रको नाममा कालो बादल नेपालको आकाशमाथि दौडी राखेको छ र उत्तरी सीमामा ठोकिएर हिँउ र असिना भएर आजसम्म त बिलाउँदै गएको छ । अब त्यो अवस्था रहने छैन । नेपाली जनता कुनैपनि मित्रराष्ट्रको विरुद्धमा थिएनन् छैनन् तर अब भारत र पश्चिमाहरुको ज्यादतिकै कारण उनीहरुका विरुद्धमा उत्रनै पर्ने अवस्था आएको हुँदा रगतको खोलो बगाउने तयारीमा छन् ।