सहिदको त्याग र बलिदानको उच्च सम्मान गरौँः प्रदेश प्रमुख

 

सुर्खेत १६ माघ। कर्णाली प्रदेशका प्रमुख तिलक परियारले देश र जनताका लागि आफ्नो जीवन अर्पण गर्ने सहिदको त्याग र बलिदानको उच्च सम्मान गर्नुपर्ने बताएका छन ।

‘सहिद दिवस, २०७८’ का अवसरमा प्रदेश प्रमुख परियारले आज एक सन्देश जारी गर्दै सो धारणा व्यक्त गरेका हुन । सन्देशमा उनले भनेका छन , “हामीले आज प्राप्त गरेको स्वतन्त्रता र अधिकार सहिदको बलिदानीको प्रतिफल हो । उनीहरुको सङ्घर्ष, त्याग र बलिदानबाट मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा आइपुगेको छ ।”

सहिदको बलिदानले प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमबाट मुलुकमा स्थायी शान्ति, सुशासन, न्यायपूर्ण समाज र समाजवादी लक्ष्यसहित समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनुले सहिदप्रति सच्चा सम्मान हुने उनले विश्वास व्यक्त गरे । प्रदेश प्रमुख परियारले देशको आर्थिक, सामाजिक रुपान्तरण गर्दै सामाजिक न्यायसहितको समृद्ध राष्ट्र निर्माणमा सहिदको सपना साकार गर्न दृढतापूर्वक काममा लाग्ने प्रेरणा सबैमा मिलोस् भन्ने शुभकामना दिएका छन ।

  • Related Posts

    राष्ट्रपति समक्ष नवनियुक्त राजदूतहरुले लिए शपथ

    ८ पुष ,काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार  विभिन्न देशका लागि नेपालका नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । आज राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा संयुक्त अधिराज्यका लागि नवनियुक्त…

    Read more

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘राष्ट्रिय बाँस सम्मेलन’ गर्ने

    काठमाडौँ । नेपालकै पहिलो ‘ राष्ट्रिय बाँस सम्मेलन’ को आयोजना हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजनामा आगामी फागुन १५, १६ र १७ गते खोटाङ जिल्लाको दिक्तेलमा…

    Read more

    You Missed

    राष्ट्रपति समक्ष नवनियुक्त राजदूतहरुले लिए शपथ

    • By
    • December 23, 2024
    • 0 views

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘राष्ट्रिय बाँस सम्मेलन’ गर्ने

    • By
    • December 23, 2024
    • 0 views

    सेवाग्राहीलाई दुख दिने नियतले नियम, कानुन बनाउन रोक्नुपर्छ: सांसद चौधरी

    • By
    • December 23, 2024
    • 8 views

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    • By
    • December 22, 2024
    • 10 views

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    • By
    • December 22, 2024
    • 12 views

    आज सुनचाँदीको मूल्य बढ्यो

    • By
    • December 22, 2024
    • 11 views