काठमाण्डौं १६ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले दलहरू एक ठाउँमा आउनुको विकल्प नरहेको बताएका छन । उनले जेठभित्र चुनाव हुने कुरामा खुसी मान्नुपर्ने बताए । शनिबार सत्ता गठबन्धनले जेठभित्र निर्वाचन गर्ने सहमति गरेसँगै नेम्वाङले यस्तो प्रतिक्रिया दिएका हुन् ।
अझ जेठ ५ भित्रै चुनाव गरेको भए राम्रो हुने बताउँदै नेम्वाङले स्थानीय चुनावका लागि ऐन संशोधन गरिराख्नुपर्ने आवश्यकता नरहेको बताए । संविधान, कानुन, व्यवस्था र अभ्यास सबैका लागि भएको भन्दै उनले निर्वाचन आयोगले पनि यसबारेमा विचार गर्ने बताए ।