काठमाण्डौं पुष ५ । नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीले सरकारको दिनगन्ति सुरु भएको बताएका छन । उनको यो अभिब्यक्तिले राजनीतिमा तरंग ल्याएको छ । उनले एक कार्यक्रममा मन्तव्य राख्दै परमादेशबाट निर्मित सरकार जनादेशबाट विस्थापित हुने दाबी गरेका छन ।
पुर्व उपप्रधानमन्त्री समेत रहेका रायमाझीले वर्तमान सरकारले जनताको पक्षमा काम गर्नुको सट्टा महंङ्गी,ढिलासुस्ती र बेथिति बढाएको आरोप समेत लगाए । देउवा नेतृत्वको वर्तमान सरकार स्वार्थ समुहको झुन्ड भएको भन्दै रायमाझीले सरकारबाट जनअपेक्षा पूरा हुनै नसक्ने ठोकुवा गरे ।
उनले सभामुखले सभामुखको व्यबहार गर्न नसक्नु नै संसद अबरोधको मुख्य कारण भएको भन्दै अहिलेकै अबस्थामा संसद चल्नै नसक्ने चेतावनी समेत दिए ।