
वाणिज्य बैंकहरुको चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक
१ चैत, काठमाडौं । वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । हाल संचालनमा रहेका २० वाणिज्य बैंकहरुले सार्वजनिक गरेका नयाँ ब्याजदर अनुसार फागुन महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर यथावत रहेको छ । नयाँ ब्याजदर अनुसार १७ बैंकले फागुन महिनाकै ब्याजदर यथावत राखेका छन् भने तीन बैंकहरुको ब्याजदर फागुन महिनाको तुलनामा चैत महिनामा घटबढ भएकाे छ ।
बैंकहरुको चैत महिनाका लागि व्यक्तिगत तर्फको मुद्दती निक्षेपको औषत ब्याजदर ५.९५ प्रतिशत रहेको छ । फागुनमा यस्तो ब्याजदर ६.००१ प्रतिशत रहेको थियो । औषतमा बैंकहरुको ब्याजदर ०.०४ बिन्दुले घटेको छ । संस्थागतर्फ भने चैत लागि बैंकहरुको मुद्दति निक्षेपको ब्याजदर ४.४६ प्रतिशत विन्दुमा झरेको छ । फागुनमा यस्तो ब्याजदर ४.४९ प्रतिशत रहेको थियो ।
उक्त सुचिमा चैतका लागि नेपाल र हिमालयन बैंकले ब्याजदर घटाएका छन् भने कुमारी बैंकको ब्याजदर बढेको छ। नेपाल बैंकले ०.१ प्रतिशत बिन्दुले घटाएकाे छ भने हिमालयन बैंकले व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब्याजदर अधिकतम ०.७५ प्रतिशत बिन्दुले घटाएको छ । कुमारीले व्यक्तिगत मुद्दती निक्षेपमा ०.१ प्रतिशतले ब्याजदर बढाएको छ। कृषि विकास बैंकले व्यक्तिगत मुद्दती तर्फ ५.५१ प्रतिशत र संस्थागत तर्फ ३.२५ प्रतिशत ब्याज दिने भएको छ । प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दती तर्फ ६.२५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज दिने भएको छ ।
त्यस्तै , नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चैतमा व्यक्तिगत मुद्दती निक्षेपमा ६.५ प्रतिशत र संस्थागत तर्फ ५.१ प्रतिशत ब्याज दिने भएको छ भने नेपाल बैंकले व्यक्तिगत तर्फ ५.५ प्रतिशत र संस्थागत तर्फ ४.१५ प्रतिशत ब्याज दिने भएको छ । सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.०५ प्रतिशत र संस्थागत तर्फ ४.३ प्रतिशत ब्याज दिने भएको छ भने एनआईसी एशिया र एनएमबी बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.६ प्रतिशत र संस्थागत तर्फ ५.६ प्रतिशत ब्याज दिने भएको छ ।
त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागत तर्फ ३.५ प्रतिशत ब्याज दिने भएको छ । सिटिजन इन्टरनेशनलले व्यक्तिगत मुद्दती निक्षेपमा ५.६५ प्रतिशत र संस्थागत तर्फ ४.१ प्रतिशत ब्याज दिने भएको छ । नबिल बैंकले चैतका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ५.७५ प्रतिशत र संस्थागत तर्फ ४.२५ प्रतिशत ब्याज दिने भएको छ । कुमारीले व्यक्तिगत मुद्दती निक्षेपमा ६.०१ प्रतिशत र संस्थागत तर्फ ५.०१ प्रतिशत ब्याज दिने भएको छ ।
त्यस्तै , माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज दिने भएको छ भने सिद्धार्थ बैंक र एभरेष्ट बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत ब्याज दिने भएको छ । नेपाल एसबीआई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत र संस्थागत तर्फ ४.५ प्रतिशत ब्याज दिने भएको छ भने प्रभु बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.१ प्रतिशत र संस्थागत तर्फ ५.१ प्रतिशत ब्याज दिने भएको छ ।
त्यससँगै ,स्ट्याण्डर्ड चार्टर्ड बैंकले चैतका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ६.२५ प्रतिशत र संस्थागत तर्फ ३.२५ प्रतिशत ब्याज दिने भएको । हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज दिने भएको छ ।