
आज सुनको मूल्य घट्यो
२३ फागुन, काठमाण्डौ । आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । सुनको मूल्य आज तोलामा पाँच सय रुपैयाँले घटेर एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको मूल्य तोलाको एक लाख ७० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो केही दिन यता लगातार बढीरहेको सुनको मूल्य आज भने घटेको हो ।
त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेर एक हजार नौ सय ९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको मूल्य तोलाको एक हजार नौ सय ८५ रुपैयाँ कायम भएको थियो ।