काठमाडौं, मंसिर २९ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०६० साल मङ्सिर १८ गते तत्कालीन राजा ज्ञानेन्द्र र माओवादी अध्यक्ष प्रचण्डबीच ‘उपद्रव मच्चाउनका लागि पाँचबुँदे सहमति भएको’ दाबी गरेका छन् । फौजदारी न्याय सिद्धान्तमा आरोप जसले लगाउँछ, प्रमाणको भार पनि उसैमा निहित हुन्छ । तर, एमाले अध्यक्ष ओलीले भने यो आरोपको ‘फ्याक्ट’ चेक गर्ने जिम्मा आफूले नलिई ज्ञानेन्द्र र प्रचण्डलाई नै छाडेका छन् ।
एमाले अध्यक्ष ओलीले बुधबार पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै भने, ‘साथीहरूलाई बताऊँ, प्रचण्ड र ज्ञानेन्द्रका बीचमा सहमति भएर, सहमतिका साथ उपद्रव भएको थियो । त्यसपछि ०६० साल मङ्सिर १८ गते ज्ञानेन्द्र र प्रचण्डका बीचमा ५ बुँदे सहमति गरेर।।।, के सहमति भएको थियो त्यो ? कि ज्ञानेन्द्रले कि त प्रचण्डले भन्नुपर्यो नि । के सहमति भएको थियो ? कसका विरुद्ध सहमति भएको थियो ? ’
ज्ञानेन्द्र र प्रचण्डबीच पाँच बुँदे सहमति भएपछि ज्ञानेन्द्रले देशव्यापी अभिनन्दन कार्यक्रम चलाएको ओलीले बताए । उनले भने, ‘त्यो सहमतिले गर्दा ज्ञानेन्द्रले अभिनन्दन कार्यक्रम चलाए देशव्यापीरुपमा । लोकतान्त्रिक शक्ति रुकुम, रोल्पामा पाइलो टेक्न नसक्ने, नेताहरू जान नपाउने, त्यहाँ भएका नेताहरू मारिने । ज्ञानेन्द्र जाने र त्यहाँ धूमधाम स्वागत हुने । विराटनगर, यहीँ काठमाडौँमा पनि हामीले देख्यौँ, थापाथलीदेखि हिँडेर मंगलबजारसम्म उधुम स्वागत । को थिए स्वागत गर्ने ? ’
शपथ ग्रहण गरेका केन्द्रीय सदस्यहरूलाई आगामी कार्यभारबारे निर्देशन दिने क्रममा केपी ओलीले नेपाली काँग्रेसलाई खराब तत्त्वहरूको साँठगाँठमा लागेको आरोप लगाए । उनले काँग्रेसलाई सच्चिन आग्रह गरे । ओलीले भने, अस्थिरताका निम्ति औजार भएका व्यक्तिहरू क्रियाशील छन् । त्यस्तो कुरालाई प्रयोग गर्न पुरानो इतिहास बोकेको नेपाली काँग्रेस (लागेको छ) । तर, नेपाली काँग्रेसको इतिहास पनि के हो भने सधैँ बाहिरबाट हतियार ल्याउने । नेपाली काँग्रेसले अहिलेसम्म खराब तत्त्वसँग साँठगाँठ गर्ने र देशभक्त र अग्रगामी, प्रगतिशील, वामपन्थी शक्तिका विरुद्ध जाइलाग्ने । सधैँ नेपाली काँग्रेसको नीति त्यही रह्यो ।’
अध्यक्ष ओलीले आगामी चुनावमा वामपन्थी शक्तिसँग एकता वा तालमेल होला कि भन्ने आफ्नै पार्टीका नेताहरूको आशालाई ‘भ्रम’को संज्ञा दिएका छन् । ओलीले सम्बोधनमा प्रष्ट शब्दमा भने, ‘अझै कतिपय साथीहरूमा कम्युनिस्ट एकता भन्ने छ । प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनी, अस्थिरताका संवाहक तत्त्वहरू हुन् । कुनै भ्रम राख्नुपर्दैन, त्यस्ताहरूसँग एकता गरेर कहीँ पुगिन्छ रु त्यो एकीकरण सम्भव नै छैन ।’
ओलीको सम्बोधनको सम्पादित अंश
अहिले राष्ट्र दुई ध्रुवमा विभाजित हुँदै गएको छ । यसलाई अलि समन्वयात्मक ढङ्गले सुव्यवस्था, सुशासन र समृद्धि तर्फका हाम्रा प्रयासहरूमा सिङ्गो देश केन्द्रित हुनुपर्दथ्यो । स्थिरता र स्थायित्वतर्फ सिङ्गो देश केन्द्रित हुनुपर्दथ्यो तर, भएन । भएको छैन र त्यतापट्टि जाने स्थिति पनि देखिँदैन । किनभने, अस्थिरता मच्चाउन खोज्ने शक्तिहरू क्रियाशील छन् । नियन्त्रित अस्थिरता । खुलस्त भनिरहेका छन् कतिपय शक्तिहरूले नियन्त्रित अस्थिरता हाम्रो नीति हो नेपालको सन्दर्भमा । त्यो भनिरहेका छन् र त्यसका लागि ती कामहरू गर्ने शक्ति यहाँ छन् । नियन्त्रित अस्थिरताका संवाहकहरू । अस्थिरता मात्रै सिर्जना गर्न खोज्ने ती शक्तिहरू छन् ।
नेपालमा जनयुद्ध नामको गतिविधि सफल हुँदैनथ्यो । किनभने, त्यो सफल गर्न सुरु गरेकै होइन । त्यो त अस्थिरता सिर्जना गर्न रआफ्नो दुनो सोझ्याउने नीति अन्तर्गत ती कुराहरू भएका हुन् ।
अहिले ती शक्तिहरूमा सबभन्दा चर्को गरी चल्ने प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनी । सबभन्दा अहिले अस्थिरताका संवाहक तत्त्वहरू यिनीहरू नै हुन्, कुनै भ्रम राख्नुपर्दैन । अझै कतिपय साथीहरूमा कम्युनिस्ट एकता भन्ने छ । त्यस्ताहरूसँग एकता, अस्थिरताका संवाहकहरूसँग एकता गरेर कहीँ पुगिन्छ रु त्यो एकीकरण सम्भव नै छैन । हामीले राम्ररी चिनिसकेका छौँ, यिनको कनेक्सन कहाँ छ रु तार कहाँ जोडिएको छ रु कहाँबाट स्वीच अन–अफ हुन्छ रु त्यो हामीले देखेका छौँ । छर्लङ्गै देखेका छौँ ।
महान् जनयुद्ध भनेर युवा र जनताहरूलाई, महिलाहरूलाई दुर्गम ठाउँबाट उरालियो । सुगम ठाउँहरूबाट उरालियो । सेन्टिमेन्टमा ल्याइयो । युवाहरू ज्यान दिन तयार भए । होमिए परिवर्तन भनेर । हतियार कहाँबाट आयो रु त्यतापट्टि फर्केर हेर्न दिइएन । एउटा सेन्टिमेन्ट ल्याइयो । तर, यति बुझिएन, यति हेरिएन, कहाँबाट कसले हतियार दिँदैछ नेपालमा अस्थिरता ल्याउन ?
नेपालमा जनयुद्ध नामको गतिविधि सफल हुँदैनथ्यो । किनभने, त्यो सफल गर्न सुरु गरेकै होइन । त्यो त अस्थिरता सिर्जना गर्न । त्यो एउटा बार्गेनिङ चिप्स हो । त्यो आफ्नो हातमा कन्ट्रोलको, घोडाको लगाम आफ्नो हातमा हुन्छ नि, लगाम हातमा राख्ने विधि हो । त्रसित, अशान्त, अस्तव्यस्त बनाइदिने र आफ्नो दुनो सोझ्याउने नीति अन्तर्गत ती कुराहरू भएका हुन् ।
बाहिरका अरू देशका तालिम केन्द्रहरूमा तालिम दिइन्थ्यो बकाइदा । त्यो कुनै कथा त हैन नि । तालिम लिएर आएका साथीहरू छँदै छन् । तर, त्यतिबेला महान् क्रान्तिको एउटा सेन्टिमेन्ट त्यतातिर लगियो । बुझ्न उनीहरूले राम्ररी पाएनन् के गर्न खोजिँदैछ भनेर । र मामुली कर्मचारीहरू, मामुली ‘पेड’ मान्छेहरू महान् नेताका रूपमा प्रस्तुत भए धोकापूर्ण ढङ्गले र देशले अलि दुःख पायो ।
अस्थिरताका निम्ति औजार भएका व्यक्तिहरू क्रियाशील छन् । त्यस्तो कुरालाई प्रयोग गर्न पुरानो इतिहास बोकेको नेपाली काँग्रेस ९लागेको छ० । तर, नेपाली काँग्रेसको इतिहास पनि के हो भने सधैँ बाहिरबाट हतियार ल्याउने । सधैँ बाहिरबाट सहयोग, समर्थन र बलबाट जे गर्नुपर्छ, गर्नेखालको इतिहास रहेको छ । नेपाली काँग्रेसको सुरुदेखिको इतिहास के हो भनेर अहिलेसम्म पनि चिन्नलाई पर्याप्त हुन्छ ००७ सालको आन्दोलनपछि । ००७ साल फागुन ७ गते त्रिभुवनलाई काठमाडौँमा इण्डियाले ओराल्यो । त्रिभुवन लोकतन्त्र प्रजातन्त्र भएर फर्के । भागेको राजा प्रजातन्त्र भएर फर्क्यो १ क्रान्ति गरेको भनेको नेपाली काँग्रेस उसका खोकिला मुनि यसो बच्चोजस्तो गरेर उसले चेपेर लिएर आयो । यो खोकिलामा चेपेको के हो भन्दा यो चाहिँ क्रान्तिकारी काँग्रेस १ परिवर्तनकारी काँग्रेस १ मैले लिएर आएँ भनेर त्रिभुवन ‘वेभिङ’ गर्दै ९हात हल्लाउँदै० गौचरणमा ओर्ले । ००७ साल फागुन ७ गतेको कुरा हो यो ।
मोहनशमशेर राणा नै प्रधानमन्त्री भए । त्यस कुरालाई यो उपयुक्त भएन भन्ने वामपन्थी देशभक्तहरू भीमदत्त पन्तको भारतीय सेना बोलाएर टाउको कटाइयो । डोटीको दक्षिण भेगमा भीमदत्त पन्तको भारतीय सेनाले समातेर, टाउको काटेर बेञ्चमा राखेर प्रदर्शनी गर्यो । आफ्नो देशमा केही असन्तुष्टि भयो, यो त ठिक भएन । किन फर्काको फेरि राजा रु के हो दिल्ली सम्झौता रु किन फेरि राणै प्रधानमन्त्री रु किन यसलाई पूर्णता हुन दिइएन ?
केही प्रश्न उठाए केआई सिंहले, रामप्रसाद राईहरूले । अरू विभिन्न ठाउँका मान्छेहरूले उठाए । तराईतिरका मुगलाल महतोहरूले उठाए । कुलदीप महतोले उठाए । जदुकानुले उठाए । गेना राउतले उठाए । यस्ता थुप्रो मान्छेहरूले उठाए । भैरवप्रसाद आचार्यले उठाए । अनेकले उठाए यस्ता विषयहरू । तिनीहरू दमित भए । कोही गायब भए, कोही जेल हालिए । कोही जेल फोडेर भागे । कोही काटिए । कोही मारिए । यस्तो खालको स्थिति भयो ।
ज्ञानेन्द्रले उधुम मच्चाउँदा साथीहरूलाई बताउन्, प्रचण्ड र ज्ञानेन्द्रका बीचमा सहमति भएर, सहमतिका साथ त्यो उपद्रव भएको थियो । त्यसपछि ०६० साल मङ्सिर १८ गते ज्ञानेन्द्र र प्रचण्डका बीचमा ५ बुँदे सहमति गरेर।।।, के सहमति भएको थियो त्यो, कि ज्ञानेन्द्रले कि त प्रचण्डले भन्नुपर्यो नि । के सहमति भएको थियो रु कसका विरुद्ध सहमति भएको थियो रु त्यो सहमतिले गर्दा ज्ञानेन्द्रले अभिनन्दन कार्यक्रम चलाए देशव्यापीरुपमा ।
२००८ साल माघ १ गते नेपाली काँग्रेसका मातृकाप्रसाद कोइराला ‘कमाण्डर इन चिफ’ भएका र सभापति भएका ००७ सालको आन्दोलनका नायक । नेपाली काँग्रेसका सभापति ००८ साल माघ १ गते प्रधानमन्त्री भए । ४ गते इण्डिया भ्रमणमा गए । ११ गते फर्कँदा दक्षिणको सेना उत्तरको सिमानामा लगेर सेनाका चेकपोष्ट राख्ने सम्झौता गरेर आए । दक्षिणको छिमेकीको सेना उत्तरको सिमानामा राख्ने, नेपालको स्वाभिमान कहाँ गयो रु पहिला नभएको कुरा, राणा शासनमा नभएको, भारतीय राजदूतलाई क्याबिनेट बैठकमा राखेर क्याबिनेट गर्ने ००७ सालको क्रान्तिभन्दा पछि चलन चल्यो, राष्ट्रियता हामीले हेर्यौँ भने ।
त्यसपछि तुरुन्तै कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लाग्यो । परिवर्तनकारी र आन्दोलनकारी शक्तिमाथि प्रतिबन्ध, साँठगाँठ प्रतिक्रियावादीसँग । नेपाली काँग्रेसले अहिलेसम्म खराब तत्त्वसँग साँठगाँठ गर्ने र देशभक्त र अग्रगामी, प्रगतिशील, वामपन्थी शक्तिका विरुद्ध जाइलाग्ने । सधैँ नेपाली काँग्रेसको नीति त्यही रह्यो । यो बडो जटिल परिस्थिति हो पहिलेदेखि अहिलेसम्म । हामी चाहान्छौँ– नेपाली काँग्रेसले यो गलत बाटो, गलत नीति, गलत तरिका अवलम्बन गर्न छोडोस् । नेपाली काँग्रेस प्रतिगामी शक्तिहरूको मतियार भयो पटकपटक । काँग्रेसको कमजोरीले गर्दा ००७ सालको उपलब्धि ०१७ सालमा गुम्यो ।
हामीले संविधानअन्तर्गतका अधिकार मान्छेले कार्यान्वयन गर्न पाउन् भनेर ४० प्रतिशत संसद् वा पार्टीको केन्द्रीय कार्यसमिति भनेर ‘वा’ राखिदिँदा संसद् नचलेका बेला उधुम १ हामीले नेपाली नागरिकका छोराछोरीलाई नागरिकता दिनुपर्छ भन्दा उधुम भयो । देशै बेच्न खोज्यो अरे १ दया लाग्छ ।
त्यही कुरो हामीले भन्दै आयौँ ०५८ मा, ०५९ मा । आश्विन १८ माघ १९ जस्ता प्रतिगामी कदमहरू भए । माघ १९ मा गएर त पार्टीहरूको कुनै मतलब नै छैन आफैँले घोषणा गरेर, आफैँले सबै शासन हातमा लिएर । ज्ञानेन्द्रले उधुम मच्चाए ।
हामीले संविधानअन्तर्गतका अधिकार मान्छेले कार्यान्वयन गर्न पाउन् भनेर ४० प्रतिशत संसद् वा पार्टीको केन्द्रीय कार्यसमिति भनेर ‘वा’ राखिदिँदा संसद् नचलेका बेला उधुम १ हामीले नेपाली नागरिकका छोराछोरीलाई नागरिकता दिनुपर्छ भन्दा उधुम भयो । देशै बेच्न खोज्यो अरे १ दया लाग्छ ।
ज्ञानेन्द्रले उधुम मच्चाउँदा साथीहरूलाई बताउन्, प्रचण्ड र ज्ञानेन्द्रका बीचमा सहमति भएर, सहमतिका साथ त्यो उपद्रव भएको थियो । त्यसपछि ०६० साल मङ्सिर १८ गते ज्ञानेन्द्र र प्रचण्डका बीचमा ५ बुँदे सहमति गरेर।।।, के सहमति भएको थियो त्यो, कि ज्ञानेन्द्रले कि त प्रचण्डले भन्नुपर्यो नि । के सहमति भएको थियो ? कसका विरुद्ध सहमति भएको थियो रु त्यो सहमतिले गर्दा ज्ञानेन्द्रले अभिनन्दन कार्यक्रम चलाए देशव्यापीरुपमा ।
लोकतान्त्रिक शक्ति रुकुम, रोल्पामा पाइलो टेक्न नसक्ने, नेताहरू जान नपाउने, त्यहाँ भएका नेताहरू मारिने, ज्ञानेन्द्र जाने र त्यहाँ धूमधाम स्वागत हुने । विराटनगर, यहीँ काठमाडौँमा पनि हामीले देख्यौँ, थापाथलीदेखि हिँडेर मंगलबजारसम्म उधुम स्वागत । को थिए स्वागत गर्ने रु कसरी युवा शक्तिलाई दुरुपयोग गरिएको थियो रु कसरी गुमराहमा पारिएको थियो रु बाहिर क्रान्तिका कुरा, राष्ट्रियताका कुरा, एकखालको परिवर्तनका कुरा, भित्रभित्र प्रतिक्रियावादी साँठगाँठका कुरा । यसको शिकार नेपाल हुने गर्यो र हामी अहिले पनि त्यसको मार खाइरहेका छौँ ।
केही स्वार्थी मानिसहरू त्यसका पछाडि कुदिराख्या छन् । ती कुराहरूलाई हामीले सच्याउनुपर्नेछ । हामी जन दबाबबाट, जनताको चेतनाबाट, जनताको संगठनबाट, जनताको आन्दोलनबाट ती कुराहरूलाई सच्याउन सक्छौँ । आज हामीले गर्नुपर्ने काम यी छन् । हाम्रो केन्द्रीय कमिटीमा निर्वाचित साथीहरूले बुझ्नुपर्ने कुरा के छ भने यस्तो स्थितिबाट हामीले देशलाई समृद्ध नेपाल, सुखी नेपालीको हाम्रो परिकल्पनालाई, हामीले निर्दिष्ट गरेको राष्ट्रिय आकाङ्क्षालाई प्राप्त गर्न जनतालाई सचेत गर्ने, संगठित गर्ने, परिचालित गर्ने र जनदबाबको एउटा उभार सृष्टि गर्ने कामबाट अगाडि बढ्न सक्छौँ । त्यसअनुसार हामी सक्रिय भएनौँ भने कसले गर्छ रु त्यसअनुसारको सक्रियता हाम्रो हुनुपर्छ । हामी जनताका नेता हुनुपर्छ । जनताको नेता हुनका लागि विचार, व्यवहार, आचरण शैली कस्तो हुनुपर्छ, त्यसअनुसार जानुपर्छ । भ्रमहरू तोड्नुपर्छ हामीले ।
भ्रष्टहरूले सदाचारीलाई भ्रष्ट भनेर उडाउँछन् । प्रचण्डले सेयर बजारका सवालमा बडो क्रान्तिकारी।।। । साम्राज्यवाद विकसित भयो भने सेयर बजार हुन्छ रे १ साम्राज्यवादको विकसित रूपचाहिँ लेनिनले भन्दा अलि बढ्ता जान्ने भएछन् दुई स्टेप १ पुँजीवाद विकसित रूप भएर साम्राज्यवाद हुन्छ भनेर लेनिनले भनेका थिए । त्योभन्दा माथि गएर साम्राज्यवाद विकसित भएपछि सेयर पुँजीमा जान्छ भनेर प्रचण्डले एउटा नयाँ थेसिस ठोक्दिए १ दुई दिनमा सेयर बजार धराशायी १ त्यसको जनताको जीवनमा कति असर हुन्छ, सेयर लगानीकर्ताहरूको अवस्था कस्तो हुन्छ, तिनीहरूको आर्थिक स्थिति के हुन्छ, केही पनि मतलब छैन । अर्थतन्त्रको केही पनि मतलब छैन । कुन सेयर कारोबारीले चन्दा दिएन होला, त्यसो भएदेखि ल भनेर ठोक्दिए उनले । न रहे बाँस, न रहे बाँसुरी १
यदि हामीले त्यस्तो गर्थ्यौँ भने सडक तात्थे । माइतीघरले पुग्दैनथ्यो । सञ्चार माध्यममा आगो बल्थ्यो । अहिले शान्त छ । चुपचाप छ । कोही बोल्दैनन् । यो त अस्थिरता बढाउने, देशमा अस्थिरता बढाउने, खलबल्याइरहने, ध्वस्त पारिरहने । योखालको सिलसिला चलिरहेका हुनाले यस्तोमा बोलिरहन परेन । संविधान मिच्दा भयो, मनपरी गर्दा भयो, कानुन मिच्दा भयो । चलिरहेको संसद् मध्यरातमा बन्द गरेर भोलिपल्ट संसद् ठाडै छलेर अध्यादेश ल्याउँदा भयो । कसलाई कति सिट भए पुग्छ, कति प्रतिशत भए पुग्छ, सोधिसोधिकन त्यसअनुसार कानुन ( लोकतन्त्र हो )
हामीले संविधानअन्तर्गतका अधिकार मान्छेले कार्यान्वयन गर्न पाउन् भनेर ४० प्रतिशत संसद् वा पार्टीको केन्द्रीय कार्यसमिति भनेर ‘वा’ राखिदिँदा संसद् नचलेका बेला उधुम १ हामीले नेपाली नागरिकका छोराछोरीलाई नागरिकता दिनुपर्छ भन्दा उधुम भयो । देशै बेच्न खोज्यो अरे १ दया लाग्छ । कम से कम देशप्रति त माया गर्न सिकौँ । सत्यप्रति अलिकता निष्ठा त राख्न सिकौँ । अचम्म लाग्छ ।
अनि डबलीवाला बुद्धिजीवी, केही मान्यवर गलत मनसायका साथ लगानी भइरहेको छ र परिचालित भइरहेका छन् । ती कुराहरूसँग हामी सजग हुनुपर्छ, आत्तिनुहुँदैन । संसारका जनताले कहीँ पनि मागेर, आरामले, संघर्ष नगरिकन कुनै उपलब्धि हासिल गरेका छैनन् । न्याय पाउँ भनेर न्याय पाएका छैनन् । सामाजिक परिवर्तन, रूपान्तरण र न्याय, विकास यी कुराहरू लडेर, संघर्ष गरेरै पाएका छन् । त्यसका निम्ति सही विचार, सही विचार बोक्ने संगठन, ती विचारहरू कार्यान्वयन गर्ने संगठन, त्यो संगठनको परिचालन, गतिशील संगठन र त्यसको उपयुक्त शैलीका साथ परिचालन । यी कुराहरूलाई हामीले जोड दिनुपर्छ ।
एकै दिन रोम बनेको थिएन । वर्षौँ लगाएर रोम बनेको थियो । वर्षौंमात्रै होइन, पुस्तौँ लगाएर मात्रै एउटा देश बन्छ । हामीले यस धर्तीलाई नै मानवोचित धर्ती बनाउनु छ । हामी मानवतावादी हौँ । हामी धर्तीव्यापी छौँ । हामी मानव जातिलाई दुःख नहोस्, सुख होस् भन्ने चाहान्छौँ । थाल्ने कहाँबाट भन्दा हाम्रै देशबाट थाल्छौँ । हामी दुनियाँको ठेक्का लिन सक्दैनौँ ।
जहाँसम्म युद्धका कुरा आउँछन् हामी विरोध गर्छौँ । शान्तिका कुरा आउँछन् हामी समर्थन गर्छौँ । हिंसा भयो भने त्यसको विरोध र विश्व शान्तिका लागि प्रयास गर्छौँ । देशभित्र शान्ति कायम होस्, त्यसका निम्ति प्रयास गर्छौँ । शान्ति, सुव्यवस्था, न्याय, न्यायोचित सवाल, समृद्धि, समृद्धिका प्रयास गर्छौँ । विकासका प्रयासमार्फत हामी आर्थिक र भौतिक विकास मात्रै होइन, सामाजिक विकास गर्छौँ । अवधारणागत विकास, मूल्य मान्यतामा विकास ।
आधुनिकता भनेको बाटोमा मात्रै आधुनिकता हुँदैन । टेलिफोन र सञ्चारमा मात्रै आधुनिकता हुँदैन । प्लेन उडेरमात्रै आधुनिकता हुँदैन । भौतिक पूर्वाधारको मात्रै होइन, सामाजिक मानसिक पूर्वाधारको विकासका कुराहरूदेखि हामीले लानुपर्छ । यदि हामीले भौतिक पूर्वाधारको मात्रै कुरा गर्यौँ भने समाजमा अन्याय, असमानता र विभेद कायमै रहन सक्छ । बाटो त बनेका छन्, बम पड्काएर भत्काउँदै गर्छ । पुल बनेका छन्, बम पड्काएर भत्काउँदै गर्छ । त्यसकारण त्यो मानसिकतालाई पनि हामीले परिवर्तन गर्नु छ । यसकारण हाम्रा अगाडि चुनौति छन् । यो समाचार रातोपाटीबाट साभार गरिएको हो ।