
आजदेखि नेसपा नयाँ शक्तिको प्रथम महाधिवेशन
२७ माघ, काठमाडौं । डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशन आजबाट हुने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा दिउँसो १२ बजेदेखि उद्घाटन हुनेछ । महाधिवेशन २९ माघसम्म चल्ने छ ।
महाधिवेशन व्यवस्थापन समितिका अनुसार देशभरबाट एक हजार ५ सय प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । व्यवस्थापन समिति संयोजक हिसिला यमीका अनुसार प्रथम महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । महाधिवेशनले ११ पदाधिकारीसहित ९९ केन्द्रीय समिति चयन गर्ने संयोजक यमीले शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।