भिजन र मिसन भएको व्यक्तीले पार्टीको नेतृत्व गर्छः डा. संग्रौला

९ पुस, बुटवल। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वर्तमान सरकार सञ्चालनले जनता सन्तुष्ट नभएको टिप्पणी गरेकी छन् ।

 

रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले बुटबलमा आयोजना गरेको साक्षात्कारमा नेतृ संग्रौलाले जुन उद्देश्यका साथ सरकार गठन भएको हो, त्यो उद्देश्य पुरा गर्न सफल नभएको जिकिर गरिन् । तत्काल संविधान संसोधनको प्रक्रिया अगाडी बढाउँनुपर्ने कुरामा नेतृ संग्रौलाको जोड थियो ।

 

काँग्रेसले सञ्चालन गरेको १०० दिने अभियानको क्रममा जनतासँग पुग्दा जनताले विकासको अनुभुति नगरेको, सरकार सञ्चालनमा भएकाहरु अल्मलिएको बताईन् । काँग्रेसले सञ्चालन गरेको अभियान संगठनलाई मजवुद बनाउँन, जनतासँग नेताहरु पुगी समस्या पहिलाउन र समाधान गर्नका लागि देशभर प्रतिनिधी खटिई क्रियाशिल वितरण पनि अगाडी बढाएको बताईन् ।

 

क्रियाशिल वितरणको काम सुरु भएसँगै महाधिवेशनको तयारी सुरु भएको बताउँदै समयमै काँग्रेसको महाधिवेशन हुने कुरामा विश्वस्त भएको बताईन् । वर्तमान सत्ता गठबन्धन सत्ताको लागि मात्र होईन, अस्थिरता अन्त्य सँगै संविधान संशोधनकै लागि काँग्रेस एमाले एक ठाउँमा सत्ता सहकार्य गर्न पुगेको संग्रौलाले बताईन् । संविधान संशोधनमा निर्वाचन प्रणााली सहितका संरचना संशोधन गर्नका लागि प्रक्रिया अगाडी बढेको बताएकी नेतृ संग्रौलाले कार्यदल मार्फत अगाडी बढाउँने बताईन् । वर्तमान सरकार विधीको शासनलाई पालना गर्दै स्टन्टबाजी गर्नेहरुलाई, भष्ट्रचार गर्नेलाई कार्वाही गर्ने, जोकोही भएपनि कसैलाई छोड्न नहुने बताईन् ।

 

पुर्वसांसद समेत रहेकी नेतृ संग्रौलाले काँग्रेसको आगामी निर्वाचनमा पार्टीको नेतृत्व गर्नका लागी उत्तराधिकारी कसैको कोही नहुने बताउँदै भिजन र मिसन भएको व्यक्तीले पार्टीको नेतृत्व गर्ने बताईन् ।

 

यो सरकार २०८४ सालसम्म नै एमालेसँगको सहकार्यमा सञ्चालन हुने भएकाले सहमतीअनुसार नै चुनावी सरकारको नेतृत्व काँग्रेस सभापति शेरबहादुर देउँवाले गर्ने बताउँदै माओवादीले जनतालाई पटक–पटक धोका दिएकाले माओवादीसँग सहकार्य नहुने स्पष्ट पारिन् । संविधान संशोधनमा महिलाको अधिकार प्राप्तीका लागि प्रत्यक्षतर्फ ४० प्रतिशत उम्मेदवार बन्न पाउँनेगरी र महिलाको अधिकारका लागि लडिरहने बताएकी संग्रौलाले काँग्रेसको पदाधिकारीमा पनि ३३ प्रतिशत महिलाले नेतृत्व गर्न पाउँनुपर्नेमा जोड दिईन् ।

 

 

कार्यक्रम रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ लु्म्बिनी प्रदेश उपाध्यक्ष मिना ढकाललाई सम्मान गरिएको थियो ।

The post भिजन र मिसन भएको व्यक्तीले पार्टीको नेतृत्व गर्छः डा. संग्रौला first appeared on Khabar Breaking.

  • Related Posts

    क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

    १० पुष ,काठमाडौं । नेपाल लगायत विश्वमा क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै छन् । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा उनीहरु आज ‘क्रिसमस डे’ मनाउँछन्  । यस…

    Read more

    ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरण’ गठनको अध्यादेश मन्त्रिपरिषदबाट पारित

    १० पुष ,काठमाडौँ । ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरण’ गठन गर्न प्रस्ताव गर्दै सहकारी ऐनको संशोधन अध्यादेश मन्त्रिपरिषद्ले पारित गरेको छ । मंगलबार (९ पुष ) बसेको मन्त्रिपरिषद् बैठकले सहकारी ऐन…

    Read more

    Leave a Reply

    You Missed

    क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

    • By
    • December 25, 2024
    • 2 views

    ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरण’ गठनको अध्यादेश मन्त्रिपरिषदबाट पारित

    • By
    • December 25, 2024
    • 4 views

    महासंघ अध्यक्ष ढकालद्वारा उत्पादनशील क्षेत्रमा आयोजना प्रस्ताव गर्न स्थानीय उद्यमीहरूलाई आह्वान

    • By
    • December 24, 2024
    • 9 views

    ‘प्रथम कोटेश्वर महोत्सव २०८१’ को महानगर प्रमुख बालेन शाहले समुद्घाटन गर्ने

    • By
    • December 24, 2024
    • 9 views
    ‘प्रथम कोटेश्वर महोत्सव २०८१’ को महानगर प्रमुख बालेन शाहले समुद्घाटन गर्ने

    भिजन र मिसन भएको व्यक्तीले पार्टीको नेतृत्व गर्छः डा. संग्रौला

    • By
    • December 24, 2024
    • 11 views

    लक्ष्मी लघुवित्तले माग्यो कर्मचारी

    • By
    • December 24, 2024
    • 9 views