देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

काठमाडौं । देव दर्शन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न गर्दै पुनः राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समितिको चयन  गरेको छ। संस्थाका अध्यक्ष घिमिरेको सभापतित्वमा पुष ६ गते शनिबार सम्पन्न साधारण सभामा पूर्वमन्त्री एवं संघीय सांसद कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य रमा आलेमगर, चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी, नगर उपप्रमुख वसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्ण प्रसाद शाही, प्रहरी उपरीक्षक सूर्य प्रकाश सुवेदी, कास्कुन अध्यक्ष दिपक पनेरु, चन्द्रागिरि-५ का अध्यक्ष राजेन्द्र महर्जन, चन्द्रागिरि-६ का अध्यक्ष सञ्जय सिग्देल, चन्द्रागिरि- ७ का अध्यक्ष शम्भुकुमार केसीको लगायतको उपस्तिथि रहेको थियो।

साधारण सभाले आगामी चार वर्षको कार्यकालको लागि संचालक समितिको सर्वसम्मत निर्वाचन सम्पन्न गरेको हो। नयाँ कार्यसमितिको उपाध्यक्षमा बेली मैंया घले, सचिवमा नानु पण्डित थापा, कोषाध्यक्षमा राजु कार्की तथा सदस्यहरुमा तीर्थ कुमार लामा, राम तामाङ रहेका छन् ।

त्यस्तै, विमल विक्रम बानिँयाको संयोजकत्वमा लेखा सुपरिवेक्षण समितिको चयन भएको छ , जसमा वसन्त महर्जन र माधव प्रसाद रेग्मी सदस्य रहेका छन् । ऋण उपसमितिमा पूर्ण प्रसाद श्रेष्ठ र रवि कार्की रहेका छन् ।

20241221 150012 AMERICA KHABAR December 23, 2024

साधारणसभाले संस्थाको आर्थिक वर्ष २०८०/८१ को संचालक संचालक समितिको प्रतिवेदन र वित्तीय प्रतिवेदन छलफल र सुझावसहित पारित गर्‍यो ।

समीक्षा आर्थिक वर्षमा यस सहकारीको सेयर पूँजी रु. ५ करोड ६ लाख १९ हजार रहेको छ। संस्थाको कूल कारोबार यस वर्ष रु. १ अर्ब १० करोड ६ लाख २७ हजार र संचालन मुनाफा आयकर अघि रु. ३९ लाख २५ हजार रहेको छ।

चन्द्रागिरि नगरपालिका-५ मा कार्यालय रहेको संस्थाले हाल व्यवस्थापनतर्फ २३ जना पदाधिकारी र कर्मचारीबाट सदस्यहरुलाई गुणस्तरिय र प्रविधिमैत्री सेवा दिइरहेको जनाएको छ।

The post देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति first appeared on Khabar Breaking.

  • Related Posts

    ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा, लघु, साना तथा मझौला उद्यमीको उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्ने

    ८ पुष,काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ ।  …

    Read more

    सोमबार नेप्से परिसूचकमा करिब २९ अंकको वृद्धि

    ८ पुष । सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । केही दिन देखि लगातार घटेको  नेप्से परिसूचक साताको दोस्रो दिन २८.९१ अंकले बढेर २ हजार २६१२.२० विन्दुमा बन्द भएको…

    Read more

    Leave a Reply

    You Missed

    ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा, लघु, साना तथा मझौला उद्यमीको उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्ने

    • By
    • December 23, 2024
    • 9 views

    सोमबार नेप्से परिसूचकमा करिब २९ अंकको वृद्धि

    • By
    • December 23, 2024
    • 9 views

    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    • By
    • December 23, 2024
    • 10 views
    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    राष्ट्रपति समक्ष नवनियुक्त राजदूतहरुले लिए शपथ

    • By
    • December 23, 2024
    • 8 views

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘राष्ट्रिय बाँस सम्मेलन’ गर्ने

    • By
    • December 23, 2024
    • 8 views

    सेवाग्राहीलाई दुख दिने नियतले नियम, कानुन बनाउन रोक्नुपर्छ: सांसद चौधरी

    • By
    • December 23, 2024
    • 11 views