एक्टिभ सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभको २०औं साधारणसभा सम्पन्न

काठमाडौं । बालाजुस्थित एक्टिभ सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडले आफ्नो २०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। सहकारीका अध्यक्ष रविकृष्ण मानन्धरको सभापतित्वमा यही मंसिर २८ गते सम्पन्न साधारणसभाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा वित्तीय प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।

साधारणसभाले समीक्षा आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको प्रतिवेदन , वासलात, लेखासुपरीक्षण लगायतका वित्तीय प्रतिवेदनहरु छलफल र सुझावसहित पारित गरेको हो ।

सभाले संस्थाको रिक्त रहेको सदस्य पदमा मीना गौतमलाई चयन गरेको छ। त्यस्तै , कार्यक्रममा संस्थामा आवद्ध जेष्ठ नागरिक , असल बचतकर्ता र असल ऋणीलाई सम्मान गरिएको थियो।

समीक्षा आर्थिक वर्षमा संस्थाका ५८४ सदस्यबाट शेयर पूँजी रु. १,३८,१२,६००/- रहेको छ। संस्थाको निक्षेपतर्फ रु. १४ करोड ९६ लाख ९४ हजार र कर्जा लगानी रु. १५ करोड ५१ लाख २६ हजार रहेको छ। यस वर्ष संस्थाले रु. ९ लाख १२ हजार खुद नोक्सानी बेहोरेको छ।

 

The post एक्टिभ सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभको २०औं साधारणसभा सम्पन्न first appeared on Khabar Breaking.

  • Related Posts

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले  आफ्नो स्थापनाको २५औं  वार्षिकोत्सव आगामी माघ ४ गते विशेष कार्यक्रमसहित मनाउने जानकारी दिएको छ। इप्पानले ‘लिडिङ द इनर्जी प्रस्पोरेटी’ भन्ने नारासहित ‘इप्पान…

    Read more

    महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी

      ४ पुष, काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवद्र्धन एवं लगानी विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । विहीबार दक्षिण कोरियाको…

    Read more

    Leave a Reply

    You Missed

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    • By
    • December 20, 2024
    • 9 views

    एक्टिभ सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभको २०औं साधारणसभा सम्पन्न

    • By
    • December 20, 2024
    • 11 views

    Profile and Interviews: Why me???

    महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी

    • By
    • December 19, 2024
    • 11 views

    राष्ट्र बैंकको नीतिगत व्यवस्थामा समयानुकूल समीक्षा हुन्छ: गभर्नर

    • By
    • December 19, 2024
    • 11 views

    पर्यटन समाज सहकारीमा नारायण पौडेलको अध्यक्षतामा नयाँ संचालक समिति

    • By
    • December 19, 2024
    • 12 views
    पर्यटन समाज सहकारीमा नारायण पौडेलको अध्यक्षतामा नयाँ संचालक समिति