हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार (२७ मंसिर ) संंस्थाका अध्यक्ष बिजय मान नकर्मीकोे अध्यक्षतामा सम्पन्न साधारणसभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक पदमा आगामी ४ वर्षको कार्यकालका लागि कृष्णप्रसाद अधिकारी र शिवप्रसाद चौलागाईंलाई निर्विरोध निर्वाचित गरेको छ ।
वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण, संस्थाले अन्य लघुवित्त वित्तीय संस्थाहरुलाई गाभ्ने/गाभिने वा प्राप्ति गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।
सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले शेयरधनिका प्रश्नहरुको जवाफ दिएका थिए भने सभाका अध्यक्ष बिजय मान नकर्मीले सम्पूर्ण सेयरधनी तथा आमन्त्रित महानुभावहरु प्रति आभार तथा धन्यवाद व्यक्त गरेका थिए ।
हिमालयन बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा रहेको तथा राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७६ हजार सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै रु. ४ अर्ब ५० करोडभन्दा बढी लगानी गरेकोे छ ।
The post हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औँ साधारणसभा सम्पन्न first appeared on Khabar Breaking.