२९ कार्तिक, काठमाडौ । नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रक लाइनबाट विद्युत् आपूर्ति लिएका उद्योगहरूका लागि सूचना जारी गरेको छ । प्राधिकरणले बक्यौता महसुल १५ दिनभित्र नबुझाए फेरि लाइन काट्ने चेतावनीसहति विहीबार सार्वजनिक सूचना प्रकाशित गरेको हो ।
मन्त्रिपरिषद्को २०६१ कात्तिक २५ को बैठक र नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको मिति २०६१ कात्तिक २७ को ९८७ औं बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएकोले सोही अनुसार भुक्तानी गर्न प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।
वितरण केन्द्रहरूबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म टाइम अफ डे (टीओडी) मिटरमा रेकर्ड भएको डिमान्ड तथा टी वान, टी टु र टी थ्री टाइम इन्टर्भलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल प्राप्त गर्नु भएकै होला ।
अतः उक्त बिल अनुसारको बक्यौता महसुल १५ दिन (२०६१ मङ्सिर १२) भित्र सम्बन्धित वितरण केन्द्रमा बुझाउनुहुन अनुरोध गरिन्छ । तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभएमा नियमानुसार भइजाने ब्यहोरा समेत जानकारी गराइन्छ’ सूचनामा भनिएको छ ।
The post नेपाल विद्युत् प्राधिकरणले जारी गर्यो यस्तो सूचना first appeared on Khabar Breaking.