महालेखा नियन्त्रकको कार्यालयले बुझायो आन्तरिक लेखा परीक्षण प्रतिवेदन

२७ कार्तिक ,काठमाडौं । महालेखा नियन्त्रकको कार्यालयले एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को व्यवस्था अनुसार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा महालेखा नियन्त्रक विनोदबहादुर सिंहले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदनमा आर्थिक वर्ष २०८०/८१ मा १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपियाँको आन्तरिक लेखा परीक्षण भएकोमा १४ अर्ब ९७ करोड ४३ लाख रुपियाँ बेरुजु औँल्याइएको छ ।

त्यसैगरी राजस्वतर्फ ४ करोड २८ लाख, कार्य  सञ्चालन कोषतर्फ ३५ करोड ८४ लाख रुपियाँ र म्याद नाघेको पेश्की १० अर्ब ४५ करोड रुपियाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ ।

The post महालेखा नियन्त्रकको कार्यालयले बुझायो आन्तरिक लेखा परीक्षण प्रतिवेदन first appeared on Khabar Breaking.

  • Related Posts

    आर्थिक कुटनीति विस्तार गर्न नवनियुक्त राजदुतहरुलाई अध्यक्ष ढकालको आग्रह

    ३० कार्तिक ,काठमाडौं । नेपाल उद्योग, वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले लगानी, पर्यटन तथा निर्यात प्रवद्र्धन गर्न विभिन्न मुलुकमा रहेका नेपाली नियोगसंग  सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन्। विभिन्न १७…

    Read more

    शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज मनाइँदै

    ३० कार्तिक ,काठमाडौं । नेपालसहित विश्वमा नै  शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज मनाइँदैछ ।यस दिन शिख धर्मावलम्बीको  पवित्रस्थल गुरुद्वारामा विशेष पूजा अर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी…

    Read more

    Leave a Reply

    You Missed

    आर्थिक कुटनीति विस्तार गर्न नवनियुक्त राजदुतहरुलाई अध्यक्ष ढकालको आग्रह

    • By
    • November 15, 2024
    • 7 views

    शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज मनाइँदै

    • By
    • November 15, 2024
    • 8 views

    आज संघीय संसदका चार समितिको बैठक बस्दै

    • By
    • November 15, 2024
    • 8 views

    सोफा हब काठमाडौको बम्पर लक्की ड्रको युरोप टुर प्याकेज विजेता घोषणा

    • By
    • November 15, 2024
    • 8 views

    नेपाल विद्युत् प्राधिकरणले जारी गर्यो यस्तो सूचना

    • By
    • November 14, 2024
    • 10 views

    गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन

    • By
    • November 14, 2024
    • 10 views