म्याद थपका लागि रविलाई आज अदालत लगिँदै

२० कार्तिक, काठमाडौँ । आज म्याद थपका लागि पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालत उपस्थित गराइने भएको छ । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा लगिने भएको हो ।

पार्टी कार्यालयबाटै कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा प्रहरीले एक साथ अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको समेत साथ लिएर सम्पत्ति शुद्धीकरणमा लामिछानेको कारोबार खोजी गरेको हो ।

कास्की प्रहरीकै हिरासतमा गोर्खा मिडिया ग्रुपकै अर्का सञ्चालक छविलाल जोशी पनि छन् । जोशीको बयान लिइसकेको प्रहरीले लामिछानेसँग पनि पहिलो चरणको बयान सकेको छ । अनुसन्धानका क्रममा नयाँ तथ्य बाहिर आएकाले प्रहरीले रविसँग थप बयान अर्थात् ततिम्बा बयान लिने तयारी पनि गरेको छ ।

यसअघि एक साता हिरासतमा राख्ने अनुमति पाएकोमा त्यो म्याद तिहार बिदाकै बीचमा सकिएकाले प्रहरीले आज पुनः कास्की जिल्ला अदालतमा उनलाई उपस्थित गराउने छ ।

The post म्याद थपका लागि रविलाई आज अदालत लगिँदै first appeared on Khabar Breaking.

  • Related Posts

    नगर विकास कोषको कार्यकारी निर्देशकको अन्तरवार्ता भोली हुने

    ६ मंसिर, काठमाडौं । नगर विकास कोषको कार्यकारी निर्देशकको अन्तरवार्ता शुक्रवार हुने भएको छ । कोषले आज एक सूचना जारी गर्दै सो जनकारी दिएको हो । अन्तरवार्ता भोलि ९शुक्रवार० बिहान…

    Read more

    नेपाल-भारत सैन्य हित सम्बन्धि वार्ता आज

    ६ मंसिर , काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा बुधबार काठमाडौं आइपुगेका भारतीय स्थल सेनाका प्रमुख उपेन्द्र द्विवेदीसंग नेपाल र भारतका  सैनिकिबच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर आज द्विदेशीय…

    Read more

    Leave a Reply

    You Missed

    Profile and Interviews: Papa ko dekh kar dar gaye 😱🤣#shorts

    Profile and Interviews: How to keep the spark in your relationship 🥰#shorts #couplegoals VS my dother #funny #viral

    Profile and Interviews: Sad Cat ❤️🐈😢 #cats #cat #sad

    Profile and Interviews: Kaisa Lga Himanshi Ka Dance

    Profile and Interviews: محديش يزعل الاطفال || 🥹💔 ،#shorts

    नगर विकास कोषको कार्यकारी निर्देशकको अन्तरवार्ता भोली हुने

    • By
    • November 21, 2024
    • 1 views