ट्राईनोक्स एडेसिभ लिमिटेडले नेपाली बजारमा ल्याएको ‘साटो’ का ब्राण्ड प्रतिनिधिमा मनोज गजुरेल

१२ कार्तिक ,काठमाडौं । विश्व बजारमा उपभोक्ताको विश्वास जित्न सफल टास्ने र जोडने काममा प्रयोग हुने साटो पहिलोपटक औपचारिक रुपमा नेपाली बजारमा आएको छ। नेपालका लागि यसको आधिकारिक विक्रेता ट्राईनोक्स एडेसिभ प्राइभेट लिमिटेडले आईतबार (११ कार्तिक ) काठमाडौंमा एक कार्यक्रम गरी साटोलाई सार्वजनिक गरेको हो।

कम्पनीले आफ्‌नो ब्राण्ड एम्बासेडरमा बरिष्ठ हास्यव्यंग्य कलाकार मनोज गजुरेललाई नियुक्त समेत गरेको छ ।

कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक सञ्जय सिंघानीयाले विश्वभरका ग्राहकहरूको मन जित्दै छोटो समयमै लोकप्रिय भएको साटो ब्राण्डले नेपाली उपभोक्तको पनि विश्वास जित्न सफल हुने दाबी गर्नुभयो ।

भारत, चीन, हङकङ, कतार, दुबई र हाल नेपालसम्म आफ्‌नो बजार विस्तार गरेको साटो विश्वसनीयता र स्थायीत्वको प्रतिमूर्ति बन्न सफल भएको कम्पनीका निर्देशक एवंम प्रमुख कार्यकारी अधिकृत सुजीत मधीगोरियाले बताउनुभयो ।

अत्याधुनिक उत्पादन एकाइहरू र उच्चस्तरीय प्रविधिको प्रयोग गर्दै, साटोले मिक्सिंग, ब्लेन्डिंग, र प्याकेजिङका लागि स्वचालित प्रणालीको प्रयोगबाट गुणस्तरीय उत्पादन गर्दै आएको छ। अनुसन्धान र विकास (R&D) को क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै, साटोले टास्न प्रयोग हुने उत्पादनहरूको आविष्कार र सुधारमा निरन्तर काम गरिरहेको छ ।

साटोको उत्पादन श्रृंखलामा ARCYLO, XTREME, OCEAN, ELITE, / DELUXE जस्ता उच्च गुणस्तरीय बुड एडहेसिवहरू रहेका छन् । यी उत्पादनहरू विशेष रूपमा टिकाउ, जलप्रतिरोधी र सहज प्रयोगका लागि डिजाइन गरिएका छन्, जसले विभिन्न प्रकारका सामग्रीहरूलाई मजबुत र दीर्घकालीन बनाउछ । साटो उत्पादनहरूको विशेषताहरूमा क्रसलिनिङ टेक्नोलोजी, २ प्रतिशत अतिरिक्त ठोस सामग्री, उच्च कभरेज, छिटो सेटिङ समय, र डी ३ वाटरपुफ्र समावेश गरिएको छ ।

आफ्‌ना सामाग्रीको उत्पादन र बजरीकरणसम्मको क्रममा गुणस्तरमा कुनै सम्झौता नगर्ने कम्पनीको दाबी छ । आइएसओ प्रमाणपत्र समेत पाइसकेको साटोले युरोपियन स्टान्डर्ड २०२१ जस्ता प्रमाणपत्रहरू पनि प्राप्त गरेको छ ।

The post ट्राईनोक्स एडेसिभ लिमिटेडले नेपाली बजारमा ल्याएको ‘साटो’ का ब्राण्ड प्रतिनिधिमा मनोज गजुरेल first appeared on Khabar Breaking.

  • Related Posts

    ६ संसदीय समितिको बैठक बस्दै

    १९ पुष, काठमाडौं । आज संघीय संसदअन्तर्गत ६ वटा समितिको बैठक बस्दै छ । जसअन्तर्गत अर्थ समितिको बैठक कक्षमा अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा भन्सार सम्बन्धी…

    Read more

    मुगु, सिन्धुपाल्चोक र बैतडीमा भूकम्प

    १९ पुष, काठमाडौं ।  मुगुमा भूकम्प भएको छ। आज बिहान ८ बजेर ३ मिनेट जाँदा भएको कम्पन ४.४ रिक्टर स्केल मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।…

    Read more

    Leave a Reply

    You Missed

    ६ संसदीय समितिको बैठक बस्दै

    • By
    • January 3, 2025
    • 7 views

    मुगु, सिन्धुपाल्चोक र बैतडीमा भूकम्प

    • By
    • January 3, 2025
    • 7 views

    ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव, सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड

    • By
    • January 2, 2025
    • 10 views

    ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना

    • By
    • January 2, 2025
    • 11 views

    विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको साधारणसभा-२०८१ को उद्घाटन समारोहमा पर्यटन राज्यमन्त्रीको सम्बोधन

    • By
    • January 2, 2025
    • 9 views
    विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको साधारणसभा-२०८१ को उद्घाटन समारोहमा पर्यटन राज्यमन्त्रीको सम्बोधन

    कृषिको अनुदान क–कसले पाए खोजी गरी सार्वजनिक गछौं ः अध्यक्ष तिमिल्सीना

    • By
    • January 2, 2025
    • 8 views