बाँझो जमिनलाई खेतीयोग्य बनाउन प्रयास गरिरहेको छुः मन्त्री अधिकारी

९ कात्तिक, काठमाडौँ । कृषिमन्त्री रामनाथ अधिकारीले कृषिमा आत्मनिर्भर हुने गरी अर्थतन्त्रको विकास र मुलुकलाई गरीबीबाट मुक्त गर्न सरकार प्रयासरत रहेको बताउनु भएको छ । चेम्बर अफ कमर्सको जडिबुटी तथा वन्यजन्य समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताउनु भएको हो । उहाँले पहिलो चरणमा कम्तीमा जीविकोपार्जन हुने गरी कृषि खेती गर्नका लागि सरकारले सहजीकरण गर्ने बताउनु भयो । कृषि क्षेत्रमा आश्रित नागरिकको संख्या बढाएर बाँझो जमिनलाई खेतीयोग्य बनाउन आफूले प्रयास गरिरहेको मन्त्री अधिकारीको भनाइ छ ।

कृषि क्षेत्रमा सरकारले दिने अनुदान र सहुलियत ऋण वास्तविक कृषकले पाउने गरी व्यवस्था मिलाउन आफू प्रयासरत रहेको मन्त्री अधिकारीले बताउनु भयो । कृषिको आधुनिकीकरण र व्यावसायिकीकरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको मन्त्री अधिकारीले बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले आफ्नो जमिन बाँझो राखेर झण्डै ३ खर्ब रुपैयाँ हाराहारीमा कृषिजन्य वस्तुहरू आयात हुनु मुलुकका लागि दुर्भाग्यपूर्ण भएको बताउनु भयो । अध्यक्ष अग्रवालले भन्नु भयो , ‘कूल गार्हस्थ उत्पादन जीडीपीमा कृषिको योगदान र वृद्धिदर घट्नु भनेको आयात बढ्नु हो ।’

बजेटको अभाव र विनियोजित बजेट पनि प्रभावकारी ढंगले खर्च हुन नसक्ने परिपाटीका कारण कृषिमा अपेक्षा अनुसारको उपलब्धि हासिल हुन नसकेको अध्यक्ष अग्रवालले बताउनु भयो । सरकार र निजी क्षेत्रको संयुक्त लगानीमा कृषि मल कारखानाको स्थापना गर्न नेपाल चेम्बर अफ कमर्स तयार रहेको अध्यक्ष अग्रवालले बताउनु भयो । आत्मनिर्भर अर्थतन्त्र र खाद्य सुरक्षाका लागि धान, मकै गहुँ आलु जस्ता कृषिजन्य उत्पादनको वृद्धि गर्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिनु भयो ।

चेम्बरका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले जग्गाको हदबन्दीका कारण व्यावसायिक कृषि गर्न नसकिएको बताउनु भयो । उहाँले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरणका लागि लगानी गर्न निजी क्षेत्र तयार रहेको तर सरकारको नीति झण्झटिलो रहेको टिप्पणी गर्नु भयो ।

चेम्बर अफ कमर्सको जडिबुटी तथा वन्यजन्य समितिका सभापति कृष्णमान श्रेष्ठले कृषिमा सरकारको नीति तथा कार्यक्रम र आम कृषकको वास्तविक समस्याबीच तालमेल हुन नसकेको बताउनु भयो । लाखौं युवा विदेशमा पलायन हुने तर कृषि क्षेत्रमा दक्ष जनशक्ति नपाइने समस्याको अन्त्य गरिनुपर्ने सभापति श्रेष्ठले बताउनु भयो । कृषि उपजको बजारीकरण एवं मूल्य निर्धारणमा सरकारको उदासिनताले किसानहरू मर्कामा परेको श्रेष्ठले बताउनु भयो । कृषिमा सिँचाइ सुविधाको सीमितता, परम्परागत खेती पद्धति, गुणस्तरीय मल विउको अभाव जस्ता कारणले उत्पादकत्व दिनप्रतिदिन घट्दै गएको श्रेष्ठले बताउनु भयो ।

कृषिसँग सम्बन्धित निजी क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिले कृषि क्षेत्रको समस्याबारे मन्त्री अधिकारीको ध्यानाकर्षण गराएका थिए । चेम्बर भवन जमलमा आयोजित कार्यक्रममा चेम्बरले कृषिमन्त्री अधिकारीसमक्ष कृषि विकासमा सरकारको १० वर्षे लगानी नीति सम्बन्धमा ३८ बुँदे सुझाव समेत पेश गरेको छ ।

The post बाँझो जमिनलाई खेतीयोग्य बनाउन प्रयास गरिरहेको छुः मन्त्री अधिकारी first appeared on Khabar Breaking.

  • Related Posts

    माओवादी केन्द्रले आज काठमाडौँमा खबरदारी सभा गर्दै

    फाइल तस्बिर १० कात्तिक, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आज (शनिबार) काठमाडौँमा सरकारविरुद्ध खबरदारी सभा गर्दैछ। माओवादी केन्द्रका अनुसार सरकारका गलत कदमको विरोध गर्न र गर्नुपर्ने कामका…

    Read more

    रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

    १० कात्तिक, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज पार्टी केन्द्रीय कार्यालय बालाजुमा दिउँसो १ बजे बस्दैछ । बैठकमा समसामयिक राजनीति, पार्टी सभापति रवि लामिछाने पक्राउपछिको परिस्थिति,…

    Read more

    Leave a Reply

    You Missed

    माओवादी केन्द्रले आज काठमाडौँमा खबरदारी सभा गर्दै

    • By
    • October 26, 2024
    • 9 views

    रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

    • By
    • October 26, 2024
    • 9 views

    बाँझो जमिनलाई खेतीयोग्य बनाउन प्रयास गरिरहेको छुः मन्त्री अधिकारी

    • By
    • October 25, 2024
    • 13 views

    वैदेशिक रोजगार, तथा श्रम ऐनका विषयमा संशोधनको प्रक्रिया अगाडि बढिरहेको छः मन्त्री भण्डारी

    • By
    • October 25, 2024
    • 11 views

    मोटरसाईकल साटा–साटको आकर्षक योजना शुरू

    • By
    • October 25, 2024
    • 11 views

    सरकार विरुद्ध विपक्षी दलहरूको घेराबन्दी

    • By
    • October 24, 2024
    • 12 views