रास्वपाको प्रदर्शनी रोक्न नसकेको भन्दै चितवनका प्रजिअ र एसपी तानिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शनी रोक्न नसकेको आरोपमा  चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी उपरीक्षक (एसपी) तानिएका छन्  ।कार्यक्षमतामा प्रश्न उठाउँदै प्रजिअ र एसपी तानिएका हुन् ।

गृह मन्त्रालयले चितवनका सीडीओ इन्द्रदेव यादवलाई मन्त्रालय तानेर सहसचिव प्रकाश पौडेललाई पठाइको छ ।

त्यस्तै, प्रहरी प्रधान कार्यालयले चितवन प्रहरी प्रमुख एसपी भावेश रिमाललाई तानेर मानव बेचबिखन ब्यूरोका एसपी गौतम मिश्रलाई पठाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता–कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दोहनलगायत अवाञ्छित गतिविधि गर्दा सीडीओ र एसपीले कन्ट्रोल गर्न नसकेको आरोप छ । ‘मुलुकको प्रधानमन्त्रीमाथि भद्दा मजाक हुँदा समेत सीडीओ र एसपीले नियन्त्रण गर्न नसकेपछि उनीहरूलाई फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिइएको हो’ गृह स्रोत भन्छ ।

सीडीओ यादव र एसपी रिमालले रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ताले सरकारविरुद्ध जथाभावी आन्दोलन गर्दा पनि त्यसलाई रोक्न नसकेको उनीहरुमाथि आरोप छ । रास्वपाका कार्यतर्काले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला बनाएर नारायणी नदी किनारमा दाहसंस्कार गरेका थिए । उक्त कार्यलाई प्रशासनले रोक्ने प्रयास समेत नगरेको भन्दै फिर्ता गरेको हो ।

 

The post रास्वपाको प्रदर्शनी रोक्न नसकेको भन्दै चितवनका प्रजिअ र एसपी तानिए first appeared on Khabar Breaking.

  • Related Posts

    सरकार विरुद्ध विपक्षी दलहरूको घेराबन्दी

    आरपी गैरे. ८ कार्तिक ,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको बर्तमान सरकारले सय दिन पुरा गरेको छ । सय दिनका अवधीमा सरकारले के कस्ता काम गरेर जनतालाई देखायो…

    Read more

    रवि लामिछानेविरुद्ध रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी

    ८ कार्तिक, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले पक्राउ गर्न अनुमति दिएको छ । जिल्ला अदालतका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको एकल इजलासले लामिछानेसहित १२…

    Read more

    Leave a Reply

    You Missed

    सरकार विरुद्ध विपक्षी दलहरूको घेराबन्दी

    • By
    • October 24, 2024
    • 1 views

    रवि लामिछानेविरुद्ध रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी

    • By
    • October 24, 2024
    • 1 views

    सभापतिलाई पुर्वाग्रहपूर्ण ढंगले पक्राउ गरिएको विरोधमा रास्वपाले अब काठमाडौंमा आन्दोलन गर्ने

    • By
    • October 24, 2024
    • 9 views

    ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना–२०८१’ तयार

    • By
    • October 24, 2024
    • 9 views

    सुनको मूल्य घट्यो

    • By
    • October 24, 2024
    • 11 views

    लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए शपथ

    • By
    • October 24, 2024
    • 9 views