मन्दाकिनी हाडड्रोले डाक्यो साधारणसभा

५ कार्तिक,काठमाडौं । मंसिर ७ गते मन्दाकिनी हाइड्रोपावर लिमिटेडले लाभांश र हकप्रद प्रस्ताव पारित गर्न ११औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा, बिहान ८ बजे नेपाली चुलो, लाजिम्पाट, काठमाडौंमा बस्नेछ ।

सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफा समेतबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, लाभांश वितरणपछि कायम हुने चुक्ता पुँजीको १ः१.२५ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

साथै सभाले गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदनलगायतका अन्य वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्नेछ ।

त्यसैगरी कम्पनीको रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, लगानी अनुमोदन तथा थप गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिनेलगायत एजेन्डा रहेका छन् ।

सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २८ गते बुक क्लोज गर्ने जनाएको छ । कात्तिक २७ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

The post मन्दाकिनी हाडड्रोले डाक्यो साधारणसभा first appeared on Khabar Breaking.

  • Related Posts

    एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

    ६ कात्तिक, काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न शेयरधनीको स्वामित्वमा रहेको कुल १ लाख २३ हजार ३२४ कित्ता शेयर बिक्रीमा राखेको हो ।…

    Read more

    संसदीय समितिका सभापति र प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख

    ६ कात्तिक, काठमाडौं । सभामुख देवराज घिमिरेले ६ वटा संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकहरुसँग संयुक्त छलफल गर्दै हुनुन्छ । सभामुखले समितिका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकहरुलाई…

    Read more

    Leave a Reply

    You Missed

    एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

    • By
    • October 22, 2024
    • 8 views

    संसदीय समितिका सभापति र प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख

    • By
    • October 22, 2024
    • 9 views

    साढे २० लाख भारुसहित २ भारतीय नागरिक पक्राउ

    • By
    • October 22, 2024
    • 8 views

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा माछापुच्छ्रे बैंकद्वारा २५ लाख सहयोग

    • By
    • October 22, 2024
    • 9 views

    वस्तुनिष्ठ मूल्याङ्कनको आधारमा न्यायाधीश नियुक्ति गर्ने प्रधानन्यायाधीश राउतको प्रतिबद्धता

    • By
    • October 21, 2024
    • 10 views

    श्रम, मन्त्री भण्डारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पुरा हुँदै, यस्तो छ, प्रगति विवरण

    • By
    • October 21, 2024
    • 13 views