२१ असोज, काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्धारा वाढि पहिरो, प्राकृतिक विपत्तिमा पर्न गएका व्यक्ति तथा परिवारजनको लागी खाद्यान्न सामग्रीहरु सहयोग गरीएको छ । चामल – ३६० वोरा, चिउरा – १०० व्याग, मसुर दाल – ४० व्याग, र तोरीको तेल –२० कार्टुन सहयोग स्वरुप उपलव्ध गराएको छ ।
उक्त सहयोग सामग्रीहरु उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीलाई संघका अध्यक्ष विकास दुगड तथा प्रतिनिधीमण्डलले मन्त्रालयमा हस्तान्तरण गरेका थिय । उक्त सहयोगले प्राकृतिक विपत्तिमा पर्न गएका व्यक्ति तथा परिवारजनमा केहि भएपनि राहत प्राप्त हुने विश्वास संघले लिएको छ ।
The post नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्धारा वाढी पहिरो पिडितहरुका लागी खाद्यान्न सहयोग first appeared on Khabar Breaking.