१९ असोज,नवलपरासी । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको यातायात एकतर्फी सुचारु भएको छ । बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो ।
सडकको मर्मतपछि आज १० बजेदेखि बाटो एकतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिनु भयो ।
उहाँले सडक मर्मत गरी आजै दुईतर्फी सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताउनु भयो । सडक भासिने क्रम नरोकिएकाले तत्काल दुईतर्फी सञ्चालनमा समस्या भएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिनु भयो ।
The post नवलपरासीको दाउन्ने सडक एकतर्फी खुल्यो first appeared on Khabar Breaking.