२५ भदौ, काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले महानगर स्वास्थ्य क्षेत्रमा देशकै अग्रणी महानगर बन्न सक्ने बताउनुभएको छ ।
ललितपुर महानगर–१४ ताल्चिखेलमा आज स्वस्तिक अस्पतालको उद्घाटन गर्दै यस्तो बताउनु भएको हो । मेयर महर्जनले दुई वर्ष अगाडि स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै नेपाल नगरपालिका सङ्घले पुरस्कृत गरेको स्मरण गराउनुभयो । उहाँले त्यो पुरस्कारको गरिमा राख्दै स्वास्थ्य क्षेत्रमा देशकै अग्रणी महानगर बन्न सक्ने बताउनुभएको हो ।
कार्यक्रममा महानगरकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले यस अस्पतालले प्रवाह गर्ने सेवा सर्वसुलभ र गुणस्तरीय भएकाले नागरिकको अपेक्षा सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो ।
The post ललितपुर महानगर स्वास्थ्य क्षेत्रमा देशकै अग्रणी बन्न सक्छः मेयर महर्जन first appeared on Khabar Breaking.