अन्तर्राष्ट्रिय वित्त निगमले नेपालमा लगानी विस्तार गर्ने

२५ भदौ, काठमाडौँ । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले नेपालमा लगानी विस्तार गर्ने भएको छ । मंगलबार अर्थ मन्त्रालयमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भेटमा आइएफसीका दक्षिण एसियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीले आइएफसीले नेपालमा लगानी विस्तार गर्ने जानकारी दिनु भएको हो ।

आइएफसीले गत वर्ष नेपालमा १ सय मिलियन अमेरिकी डलर लगानी गरेको थियो । क्षेत्रीय निर्देशक फाखौरीले हरित ऊर्जा, रोजगारी वृद्धि र आर्थिक सहभागिता आइएफसीको प्राथमिकतामा रहेको उल्लेख गर्दै नेपालमा लगानी फराकिलो पार्न आफू र आफ्नो टिमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो ।

अर्थमन्त्री पौडेलले नेपालको अर्थतन्त्र सुधारका लागि थप लगानी आवश्यक रहेको बताउँदै नेपालको प्राथमिकता र आवश्यकतालाई ध्यान दिएर लगानी विस्तार गर्न आग्रह गर्नु भएको थियो ।

The post अन्तर्राष्ट्रिय वित्त निगमले नेपालमा लगानी विस्तार गर्ने first appeared on Khabar Breaking.

  • Related Posts

    लघुवित्तलाई थप व्यवस्थित गर्न एकीकृत निर्देशन संशोधित

    २४ पुष , काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन , २०७९  उक्त निर्देशन संशोधन/परिमार्जन/थप गरेको छ । उक्त संशोधन मार्फत लघुवित्त…

    Read more

    ठूलो खोला हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासन गर्ने प्रस्ताव साधारणसभाबाट पारित

    काठमाडौं । ठूलो खोला हाइड्रोपावर लिमिटेडले आफ्नो दोस्रो वार्षिक  साधारणसभा सम्पन्न गर्दै प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने प्रस्ताव पारित गरेको छ ।   कम्पनीका अध्यक्ष नरेन्द्र बल्लभ पन्तको अध्यक्षतामा मंगलबार…

    Read more

    Leave a Reply

    You Missed

    लघुवित्तलाई थप व्यवस्थित गर्न एकीकृत निर्देशन संशोधित

    ठूलो खोला हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासन गर्ने प्रस्ताव साधारणसभाबाट पारित

    व्यवसायिक जीवनमा नम्बर मुल्यांकन हुँदैनः काउन्सिल अध्यक्ष शाही

    ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार बृक्षारोपण गर्ने घोषणा